१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग : एथ्लेटिको मड्रिडद्वारा युभेन्टस पराजित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोको टोली युभेन्टसलाई पराजित गर्न एथ्लेटिकोका लागि जोसे गिमिनेज र डिएगो गोडिनले गोल गरे।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेपनि ७८ औं मिनेटमा गिमिनेजको गोलमा एथ्लेटिकोले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ८३ औं मिनेटमा गोडिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। २–० ले पछि परेको युभेन्टसले त्यसपछि पाएका केहि सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो लेगमा हार ब्यहोर्न बाध्य भयो।

यसअघि ७१ औं मिनेटमा गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता नदिँदा युभेन्टसले खेलमा अग्रता बनाउने मौका गुमाएको थियो। खेलअवधिभर रोनाल्डोले एक दर्जनभन्दा बढी प्रहार गरेपनि गोल गर्न सकेनन्।

जितसँगै एथ्लेटिकोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग मार्च १२ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App