१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनको लगानी भित्र्याउन अर्थमन्त्री डा. खतिवडा वेलायतमा

तस्बिर : चिरन/नागरिक

लण्डन - अर्थमन्त्री डा युवराज खतिवडा संयुक्त अधिराज्य वेलायत आइपुगेका छन्। डा खतिवडा बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको  'नेपाल विकास सम्मेलन' मा भाग लिन बुधबार यहाँ आइपुगेका हुन्।

लण्डनस्थित हित्रो विमानस्थलमा उत्रेका डा. खतिवडाले नेपालमा हुन गैरहेको लगानी सम्मेलनको विषयमा छलफल गर्न वेलायत आएको बताए। उनले नागरिक न्युजसँगकाे कुराकानीमा धेरै अपेक्षा लिएर वेलायत आएको बताए। उनले आफ्नो भ्रमणको मुख्य उद्देश्य वेलायतस्थित नेपाली समुदायको लगानी स्वदेश लैजाने लगायत वेलायत नेपाली बीचको दुई पक्षीय सम्बन्धको वारेमा समेत वेलायतसंग छलफल गर्नु रहेकाे बताए।

वेलायतस्थित नेपाली दूतवासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थलमा डा खतिवडाको स्वागतका लागि पुगेका थिए। यस्तै  गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य  पनि मन्त्री खतिवडाको स्वागतका लागि विमानस्थल पुगेका थिए।

शुक्रबार लण्डनस्थित नेपाली दूतवासमा आयोजित विकास सम्मेलनलाई खतिवडाले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने नेपाली दूतावास लण्डनले जनाएको छ। नेपाली दूतवासका प्रवक्ता आरणका अनुसार चार सेसनमा हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल वेलायत चेम्बर अफ कमर्स, वेलायतस्थित नेपाली तथा विदेशी लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणले नेपाल र संयुक्त अधिराज्य बीचको पारस्परिक हित अभिवृद्धिमा सघाउ पुर्याउनुका अतिरिक्त नेपालमा आयोजित लगानी सम्मेलनमा संयुक्त अधिराज्यका सम्भाव्य लगानीकर्ताहरुलाई सहभागी गराउन समन्वय गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ। अर्थ मन्त्रीको साथमा अर्थ मन्त्रालय र लगानी वोर्डको कार्यालयवाट एक एक जना प्रतिनिधि सहभागी भएका छन्।

नेपालमा आउँदो चैत १५ र १६ मा हुने 'लगानी सम्मेलन' मा लगानीकर्ताको खोजी गर्न खतिवडा वेलायत आएको बताइएको छ।

यसैबीच मन्त्री खतिवडाको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले बुधवार साँझ लण्डनस्थित ह्यारोमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। बेलायत भ्रमण सकेर खतिवडा २३ फेब्रुअरीमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App