१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिप्परकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

तस्बिर : फेसबुकबाट

काठमाडाैं - टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो।

दुर्घटना बुधबार दिउँसो चाँगुनारायण नगरपालिकाको थाथलीमा भएको डीएसपी शिशु शर्माले नागरिकलाई बताए। दुर्घटनामा परी गम्भीर घाइते भएका पन्तलाई उपचारका लागि भक्तपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको शर्माले बताए।

टिप्पर चालक विनोद थापाका अनुसार पन्तले साँघुरो बाटोमा ओभरटेक गर्न खोजेका कारण मोटरसाइकल टिप्परसँग ठोकिन पुगेको थियो। टिप्पर र मोटरसाइकल दुबै च्यामासिङ तर्फ गइरहेकाे प्रहरीले बताएको छ। टिप्पर र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७५ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App