खोटाङमा बाँदर समाऔँ अभियान

बुधबार, ०८ फागुन २०७५, १६ : ०१ नागरिक

खोटाङ- भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ। केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्‍याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो।

बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए।

भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारीले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ बाँदर समातेका छन्। बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो। त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नं ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए।

सोही वडाका खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ। नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पुर्‍याउन नगरपालिकाले रु दश लाख बजेट विनियोजन गरेको छ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिाइएको हो।

एउटा बाँदर समातेवापत शिकारीलाई रु दुई हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ। आगामी जेठ मसान्तभित्रमा २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ। रासस 
 

 







यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...