१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डीपीएल फाइनल प्रवेश गर्न काठमाडाैंलाई १ सय ११ रनकाे लक्ष्य

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो क्वालिफायरमा सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ११ रनको लक्ष्य दिएको छ। फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन जोडेको हो। यो खेलको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ।

अत्तरीयाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। यस्तै सन्नी पटेलले २८ तथा सुवेन्दु पाण्डेले १६ रन बनाए। काठमाडौंका अंकित दावस र सुर्य तामाङले  समान २ २ विकेट लिए। मंगलबार लिग चरण अन्तर्गत नै भएको खेलमा अत्तरीयाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो।

 

प्रकाशित: ८ फाल्गुन २०७५ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App