१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग : पाएका अवसर खेर फाल्दा लिभरपुल बराबरीमा रोकियो

काठमाडौं – इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा गोलरहित बराबरी खेलेका छन्।

मंगलबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले पाएका केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा बायर्न म्युनिखसँग बराबरीमा चित्त बुझायो। लिभरपुलका साडियो माने र जोयल मेटिपले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। बार्यनले डिफेन्सीप खेल खेलेपछि लिभरपुललाई बराबरीमा रोक्न सफल भयो।

उसले खेलअवधिभर खासै राम्रो मुभ बनाउन सकेन्। बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको हो। बायर्न च्याम्पियन्स लिगको पछिल्लो ९ अवे खेलमा अपराजित छ। दुई टोलीबीचको दोस्रो लेग १३ मार्चमा बायर्नको घरेलु मैदानमा हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App