१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धर्मनिरपेक्षता खारेजीको माग गर्दै राप्रपाद्वारा आन्दोलन सुरु

काठमाडाैं – विभिन्न २२ सूत्रीय माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको राप्रपाले आज फागुन ७ गते प्रजातन्त्रको अवसर पारेर आन्दोलन सुरु गरेको छ। माइतीघरमा आज उसले पर्चा पम्पलेटसहित प्रदर्शन गरेको छ।

राप्रपाले हिन्दू राष्ट्र पुनस्र्थापना गर, भ्रष्टाचारीलाई कारबाही गर, धर्मनिरपेक्षता कायम गरजस्ता नारा लगाएर राप्रपाका कार्यकर्ता सडकमा उत्रिएका छन्। राप्रपाले संविधानका बारेमा जनमतसंग्रह गर्नुपर्ने मागसमेत गरेको छ।

उसले धर्म परिवर्तन रोक्न, भ्रष्टाचार नियन्त्रण, बूढीगण्डकी नेपाललाई बनाउन दिनुपर्ने, महँगी नियन्त्रणलगायत माग पनि राखेको छ। प्रदर्शनलाई केहीबेरमा राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App