आहा नयाँ नोट !

शुक्रबार, २१ असोज २०७३, ०८ : ३५ अनन्तराज लुइँटेल

दशैंको माहोल सुरु हुँदा सानो छँदाको सम्झना यादगार भइरहन्छ । उमेरै त्यस्तै । मामा घरमा पाँच–दस रुपैयाँको नयाँ नोट पाउँदा फुरुंग भइन्थ्यो । दसकहरु बितिसकेका छन्, यादहरु भने ताजै छन् । खासगरी दशैंको माहोलमा छापिने नयाँ नोटले यादहरु ताजा बनाइरहन्छन् ।  

पाँचदस रुपैयाँ पनि जीवनमा निकै महत्व राख्ने जमाना थियो त्यसबेला । दक्षिणामा पाइने यस्ता पैसाको अधिक महत्व हुन्थ्यो । एउटा जमाना थियो, पा“च रुपैया“ले राम्रै खालका कापी आउँथे । एकडेढ रुपैया“को त चिया पिउन पाइन्थ्यो । क्रयशक्तिको भन्दा पनि आनन्दको महक आउथ्यो नया“ नोट पाउ“दा । त्यसैले दशंैमा नया“ नोट पाउ“दाको मज्जा अर्कै हुन्छ, टीका र जमराको साथमा ।

नोट हाम्रो इज्जत हो र हाम्रो राष्ट्रियताको एउटा प्रतीक हो । नोटका मुठामा किला ठोक्नु भनेको हाम्रो मर्यादामा किला ठोक्नु हो भनेर सोच्ने कहिले ?

क्रय शक्ति घटेको अहिलेको जमानामा पा“चदस रुपैया“को खासै महत्व छैन । पा“चदस रुपैया“को नोटले त एउटा राम्रो चकलेट पनि नआउने भएकाले बच्चाले समेत यस्ता साना नोटलाई भाउ दिन छाडिसके । बच्चाले समेत यस्ता साना नोट समाउनुपर्दा नाकै खुम्च्याउनुपर्ने अवस्थाले बजारभाउ कति आकासिइसक्यो भन्ने छनक दिन्छ । पा“च सय वा हजारको नोटको समेत खासै महत्व हराइसकेको अहिलेको जमानामा पा“चदस रुपैया“को त के कुरा, केही दसक अघिको पा“च रुपैया“को तुलनामा अहिलेको पा“च सय वा हजारकै नोटको पनि भाउ छैन ।  

तर जति सानो भए पनि नया“ नोटको भने अर्कै महत्व छ । त्यसैले त लामोलामो लाइन लागेर पनि नोट साट्न मानिसहरु अपहत्ते गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि दशैंको मौकामा नयाँ नोट वितरण गरिरहेको छ । जेष्ठ नागरिक, अपांग, अशक्तका लागि छुट्टै काउन्टरको व्यवस्थामार्फत् नया“ नोट बा“डिरहेको छ भने तोक आदेश लिएर नयाँ नोट साट्न आउनेको पनि कमी छैन । नया“ नोटका लागि पनि शक्तिवालाहरुको तोक चाहिने मुलुक भएपछि हामी कस्तो सोचका मानिस हौं भन्ने छनक मिल्छ । हामी आफैंसँग भएको नोटसमेत राम्ररी ख्याल नगरी चलाउ“छौं अनि मौका पर्दा नया“ नोटका लागि शक्तिवालाहरुको पहु“च ताक्छौं ।  

बैंकहरुले लाइन बसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्दै आएको छ । सर्वसाधारणलाई सहज होस् भनेर पहिला कुपन वितरण गर्ने र त्यसैको आधारमा नोट वितरण गरिरहेका छन् बैंकहरु किनभने नया“ नोटका लागि भीड थामिनसक्नु छ ।  
अघिल्लो सालभन्दा यसपालि सर्वसाधारणलाई बढी नयाँ नोट दिने लक्ष्यका साथ केन्द्रीय बैंकले नोट वितरण गरिहेको छ । गत वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म साट्न दिइएको थियो भने यसपटक प्रति व्यक्ति सटही पन्ध्र हजारले बढाइएको हो । यसपालिको दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गरिएको केन्द्रीय बैंकले सार्वजनिक गरिसकेको छ । अघिल्लो वर्ष दशैंमा ५ अर्ब ६९ करोड रुपैयाँका नयाँ नोट वितरण गरेको राष्ट्र बैंकले मूल्य आकाशिएको र माग बढेको आधारमा नया“ नोटको सटही पनि बढाएको पाइन्छ ।

यसपालि अघिल्ला वर्षहरुमा झंै नोटमा स्टिच लगाएको भने त्यति देख्न पाइएन । सामान्यतया नोटमा स्टिच लगाएर वितरण गरेको देख्नुपथ्र्यो पहिला पहिला । सुरक्षाको लागि भनेर दोहोरो र तेहेरो गरी ठोकिएका ठूलाठूला का“टी र त्यसमाथि बेरिएका रबरले पैसा होइन, कागजका मुठासरह बनाइदिएको थियो नोटलाई । हुनेका लागि अहिले पनि केही होइन, कागजका मुठा हुन् नोट तिनका लागि । तिनलाई गन्न सजिलो होस् भनेर किला ठोकिएको छ मुठामा । तर जोसंँग पैसा कम छ, त्यसको हालत पनि त्यति गतिलो छैन । उसले पनि जतनले राखेको देखिँदैन ।

जनताको भुक्तानीलाई सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकबाट छापिंदै आएका नोटहरुमा वर्षाैअघिदेखि जथाभाथी रुपमा केरमेट गर्ने, च्यात्ने, स्टिच लगाउने प्रचलन थियो । पसलेहरुले त फलानाबाट प्राप्त यति रुपैया“ भनेर नोटहरुमा नै आफ्नो हिसाब राख्ने चलन अझै पनि कायमै छ भने प्रेमी–प्रेमिकाका लागि प्रेमपत्रसमेत बनेका छन् नोट । यस्तो थियो हाम्रो नोटको हालत ।
यस्तो अचाक्ली देख्दादेख्दै पनि रोक्ने प्रभावकारी प्रयास भने हुन सकेको थिएन । पटक पटकको नेपाल राष्ट्र बैंकको आह्वानपछि पनि कानमा तेल हालिएको थियो । केन्द्रीय बैंक पनि अवाक् थियो यस्तो प्रचलनबाट किनभने जति गर्दा पनि यो कार्य रोकिन सकेको थिएन । यस्तो कार्य रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएपछि एउटा अभियान चलेको छ । सर्वाेच्च अदालतबाट सरकार र नेपाल राष्ट्र बैंकको नाममा नोटमा का“टी ठोक्ने, केरमेट गर्ने र च्यात्ने काम रोक्न अन्तरिम आदेशसमेत भइसकेपछि परिस्थिति अलिकति फेरिएको त छ । तर अझै पनि केही बैंकहरुले गन्न सजिलो हुन्छ भन्ने तर्क अघि सारेर एउटा ठूलो स्टिच ठोक्ने र त्यसलाई रबरले कसेको पाइएको छ । तिनमा अझै पनि नया“ र सफा नोट उपभोक्ताको अधिकार हो भन्ने दिमागमा घुस्न सकेको छैन । तिनले अदालतको आदेशको मर्यादासम्म पनि गरेको पाइँदैन ।

राष्ट्र बैंङ्क ऐन, २०१२ बमोजिम नेपाल राष्ट्र बैंकले सफा नोटको कारोबार सुनिश्चित गर्ने अनेकौं दायित्वहरु छन् । अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य स्थिरता कायम गर्ने, शोधनान्तरण सुदृढीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति बनाउने, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गरी बैंकिङ्क तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण र आवश्यक पर्ने नीति निर्माण तर्जुमा गर्ने दायित्व राष्ट्र बैंकको हो । नोट तथा सिक्का निष्कासन गर्ने नेपाल राष्ट्र बैङ्कको प्रमुख जिम्मेवारी ऐनले नै तोकिदिएपछि त्यसमा स्वच्छ नोटको अभ्यास गराउने दायित्व पनि केन्द्रीय बैंकको नै हो भनिरहनु पर्दैन । तर, जनतामा भने सरकारले सबैथोक व्यवस्था गरिदिए खुट्टा हल्लाएर खान पाइन्छ भन्ने मानसिकताले पनि नोटको यो हालत देखिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा नेपाल राष्ट्र बैंङ्कको काम, कर्तव्य र अधिकार तोकिएका छ जसअन्तर्गत व्यक्तिको भुक्तानी प्रणाली राज्यद्वारा सुनिश्चित गरिएको छ । निष्कासन गरिएका प्रत्येक नोटहरुमै ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैंया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंङ्कबाट रु ....तुरुन्त भुक्तानी  दिइने छ’ भनी प्रष्ट उल्लेख गरेको पाइन्छ । यसको उद्देश्य सर्वसाधारण जनताको भुक्तानी प्रणाली व्यवस्थित गरी राज्यले विनिमयको सुनिश्चितता गरेको हो ।

हालका दिनहरुमा स्वच्छ नोट (क्लिन नोट) तथा मुद्राको कारोबारको विषयमा अभियान चल्दै आएको छ । नोटहरु लामो समयसम्म चल्दा करोडौं खर्च गरे धुल्याउने र फेरि छाप्ने काम रोकिन्छ भन्ने मान्यताका आधारमा यो नीति प्रचलनमा छ । जथाभावी नच्यातियोस् भन्नका लागि सफा नोट नीति अपनाएको हो तर वर्षैपिच्छे अर्बाैंको नोट छपाउने र करोडौँको खेती गर्नेहरुका लागि यो पाच्य हुन सक्दैन । त्यसैले त्यस्तो खेतीमा पल्केकाहरुका लागि यो कार्य असहज लाग्न सक्छ । नोट छपाइखाने व्यवसायीसँगको कमिसनको खेतीसँग पल्केका त्यस्ता व्यक्तिहरुको स्वार्थ गा“सिएकाले नोटलाई जतिसक्दो चा“डो धुल्याउने र नया“ नोट छपाउने  खेलले जरा गाडेको पाइन्छ ।

छिमेकी भारतमा समेत सन् १९९० को दशकदेखि स्वच्छ नोटको अभियान चलेको थियो र सन् २००१ मा रिर्जब बैंङ्क अफ इन्डियाले नोटमा जथाभावी केर्ने, मेट्ने तथा स्टिच लगाउने काम रोक्न निर्देशन दिई कर्मसियल बैंकहरुमार्फत् हाल स्वच्छ नोटको कारोबार गरिरहेको छ । बंैकिङ कानुनहरुका नोटमा केरमेट गर्ने व्यक्तिलाई सजायको समेत व्यवस्था गरिएको छ । च्यातिएका, केरमेट गरिएका, स्टिच लगाइएका नोटहरु कारोबारमा वर्जित गरिएको मात्रै छैन त्यस्तो कार्य दण्डनीयसमेत बनाइएको छ ।  

घानामा सन् २०१० देखि र बंगलादेशमा सन २०१२ देखि स्वच्छ नोटको नीति अख्तियार गरिएको छ भने फिलिपिन्समा सन् २०१४ देखि यो अभियान सञ्चालनमा छ । अमेरिका, बेलायत तथा फ्रान्स लगायतका विकसित मुलुकमा लामो समयदेखि स्वच्छ नोटको कारोबार भइरहेको छ । यो नीतिको खास उद्देश्य आफ्नो मुलुकको नोटप्रतिको विश्वसनीयता जगाउनु हो भने नोटको छपाइ र धुल्याउने काममा भइरहेको अनावश्यक लगानी रोकी राष्ट्रिय अर्थतन्त्रमा टेवा दिनु पनि हो । अमेरिकी डलर च्यात्ने, केर्ने व्यक्तिलाई एकसय डलरसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था गरिएबाट नोट टक्टकाउँदा र आरिसलाग्दा छन् ।  

हाम्र्रै सन्दर्भमा पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ (ग) मा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासको लागि काम गर्नुपर्ने कर्तव्य तोकिएको छ । ऐनको दफा ७ मा  बैंकले व्यापार गर्न रोक लगाएको छ । दफा ८ (५)(घ) मा बैंकको नोट सिक्का सुनचाँदी तथा टकमरी गर्नको निमित्त प्रयोग हुने कागज, धातु, रसायन तथा अन्य वस्तुहरुको निकासी र पैठारीमा कुनै किसमको कर, शुल्क, दस्तुर वा महसुल नलाग्ने व्यवस्था गरिएको छ । दफा १२ मा सार्वजनिक सूचनाको प्रवाहमा बैंकले समष्टिगत अर्थतन्त्र वित्तीय बजारको विकास, मुद्रा प्रदाय, मूल्य स्थिरता कर्जाको विस्तार र शोधान्तरण तथा विदेशी विनिमय जस्ता विषयमा तथ्यांकगत विश्लेषणको जानकारी नियमित रुपले सार्वजनिक रुपमा प्रकाशन र प्रसारण गर्ने व्यवस्था गरेको छ । तर यस्ता विषयमा बुझ्ने हिसाबले जनतालाई सचेत गराएको पाइँदैन ।

चाडबाडमा लाग्ने जुवाका खालमा नोटहरु जसरी कच्याककुचुक पारेर हानाथाप गरिन्छ र मन्दिरमा चढाइएका नोटमा जसरी पानी र प्रसादले फोहोर बनाइन्छ, त्यसबाट ती नोटको मात्र होइन तिनको सट्टामा भविष्यमा छापिने नोटको समेत हामीले मूल्य तिर्नुपरेको छ । हातमा नया“ नोट पर्दा निकै लोभ लाग्छ तर त्यसको पछाडिको खेती भने अत्यासलाग्दो छ । कागजका मुठा र कानुनका किताबमा पनि केही फरक रहने छैन त्यसको बाध्यकारिता नरहने हो भने । कानुनका किताबमा लेखिएको व्यवस्था सबैका लागि बाध्यकारी हुने भएकाले मात्रै तिनको महत्व हुने हो । नोट र कागजमा पनि  खासै फरक रहने छैन त्यसले क्रयशक्ति गुमाउने हो भने । नोटले सामान साट्ने शक्ति राखेकैले हामीले तिनलाई माया गर्नुपरेको हो । नोट हाम्रो इज्जत हो र हाम्रो राष्ट्रियताको एउटा प्रतीक हो । नोटका मुठामा किला ठोक्नु भनेको हाम्रो मर्यादामा किला ठोक्नु हो भनेर सोच्ने कहिले ?







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad