१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बारा दुर्घटनाका घाइते सिडिओ भट्टराईको निधन

काठमाडौं– बारा जिल्लामा भएको जिप दुर्घटनाका घाइते बारा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको उनका कान्छा भाइ सञ्चारकर्मी नरेश भट्टराईले नागरिकलाई जानकारी दिए। 

गत माघ १२ गते वनभोज कार्यक्रम सकेर फर्कने क्रममा उनी सवार ना१झ १६३३ नम्बरको जिप दुर्घटना भएको थियो। त्यसक्रममा सशस्त्र प्रहरी बल बाराका एसपी बलराम पोखरेलको भने घटनास्थलमै मृत्यु भएको थियो। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। घटनामा भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए। 

प्रकाशित: ६ फाल्गुन २०७५ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App