एनआरएन अमेरिकाको सदस्य संख्या १० हजार, चुनावी चहलपहल सुरू

सोमबार, ०६ फागुन २०७५, १२ : ४६ होमप्रसाद लम्साल

अमेरिका - गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्यता लिने समय सकिएको छ। अन्तिम नामावली आउने दिनसम्म सदस्यको सख्या १० हजारको हाराहारीमापुग्ने अनुमान गरिएको छ। त्यसमा पुरानाआजिबन सदस्यको केहि सख्याजोडिने छ। यो सख्या अघिल्लो पटकको तुलनामा झण्डै पाँच हजार कम हो। अघिल्लो पटक विश्वभरीकै एनआरएनको राष्ट्रिय समन्वय समितिमध्ये सबै भन्दा धेरै १५ हजार सदस्यसहितको ठुलो शाखा बनेको थियो। 

सदस्यता फारम भर्ने समय सकिएपछि अहिले समितिले फारमलाई भेरिफकेसन गर्ने कामलाई तिब्रता दिएको छ। समितीका सदस्य बालजोशीका अनुसार भेरिफिकेसन समितिलाई ३१ तारेखसम्म सदस्यता फाइनल गरी निर्वाचन समितिलाई  बुझाउने समय दिइएको छ।  

समन्वय समिति अमेरिका उपाध्यक्ष सुनिल शाहले विगतमा सदस्यता बनाउन खुकुलो भएको आरोप लागेपछि यसपटक सदस्यता फारम भर्न आईडी कार्ड र फोटो अनिवार्य गरिएको नागरिक न्यूजलाई बताए। उनले भने,‘संस्थालाई शुद्धिकरणका लागि यो अभियान शुरु गरेका हौँ, विगतमा सदस्यता वितरणमा जे देखियो त्योबाट पाठ सिकेर अहिले हामीले सदस्यता वितरणमा कडाई साथ जाँच गरिरहेका छौँ।’ 

एनआरएन आइसिसिका महासचिव डा बद्री केसीले सर्कूलर गरिएको आन्तरिक पत्र अुनसार एनसिसि अमेरिकालाई सदस्यता बनाउँदा पासपोर्ट र ठेगाना खुल्ने कागजात(आईडी कार्ड) संलग्न गराउन उल्लेख छ। एनआरएन आइसिसिको ६५ औ बैठकले हरेक एनसिसिलाई सदस्यता बनाउँदा पासपोर्ट र परिचयपत्र अनिवार्य रुपमा पेस गर्न र उक्त सुचनासहित हरेक सदस्यको नामावली केन्द्रमा पठाउनु पर्ने प्रस्ताव पास गरिएकोले सोहीअनुसार काम गर्न पत्राचार गरिएको छ। 

भिजन २०२० अनुसार सबै साधारण सदस्यताको विवरण आइसिसिले मल्टी प्रपोज प्रयोगका लागि केन्द्रमा जम्मा गर्ने तयारी गरेको छ। आइसिसिको ६५ औँ बैठकले विश्वभरका सदस्यहरुको एकद्धार प्रणाली विकास गर्न र आफ्ना वास्तविक सदस्यहरुको जानकारी राख्न ईन्टरनेसनल मिस(म्यानेजमेन्ट ईन्फरमेसन सिष्टम) सिष्टममा राखिने भन्दै सबै एनसिसिले सोहीअनुसार लाईफ र साधारण सदस्यतावितरण गर्दा पासपोर्ट र आईडी अनिवार्य गर्नुपर्ने नियम बनाएको थियो।

त्यस्तै अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आईसिसिको पत्राचार अनुसार हरेक एनसिसिले कार्य गर्नुपर्ने बताए। आईसिसिले नजिकबाट काम गरिरहेको छ तर अमेरिकाको हकमा आईसिसिको पत्र र एनसिसिको संवेदनशिलताको व्यवहारिक बाध्यतालाई समन्वय गर्नुपर्ने उनले बताए।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने,‘आईसिसिको निर्णय हामीले कार्यन्वयन गर्नुपर्ने बाध्यताएकातिर छ भने अर्कोतिर आईडी कार्ड मात्रै अनिवार्य गर्दा त सदस्यता लिन मानिसहरु डराएको देखिएका छन्।’ उनले अवस्थामा अब सदस्यता लिँदा पासपोर्ट शमावेस गर्न नसकिने बताए। 

आइतबार मध्यराती सदस्यता लिने समय सकिंदा जम्मा पेड सदस्यता आठ हजार नौ सय २२ जना, भेरिफिकेसनबाट प्रमाणित भएको सदस्य चार हजार ९ सय ८४ जना र सदस्यता रकम तिर्न बाँकी १५ सय ८० जना रहेका छन।

रामकुमार सुवेदीको संयोजकत्वमा बालजोशी र पवन योन्जन गरी तीन जनाको आन्तरिक भेरिफकेसन कमिटी गठन गरिएको छ। जसले सदस्यतालिएकाहरुको भेरिफिकेसन गरिरहेका छ। भेरिफिकेस पश्चात उक्त सदस्यताको विवरण अन्तिम जाँचको लागि डा रुद्र अर्यालको संयोजकत्वमा शैलेश श्रेष्ठ र प्रमोद सिटौला सदस्य रहेको अर्को कमिटि बनाइएको छ।

यस कमिटीले २० प्रतिशत सदस्यहरुको अनिवार्य रेन्डम सुपरीबेक्षण गरी सदस्यताको अन्तिम नामावली प्रकाशन गर्नेछ। मार्च पहिलो हप्ता भेरिफिकेसन पछि सदस्यको अन्तिम नामावली विश्व बरालको संयोजकत्वमा बनेको निर्वाचन समितिले प्राप्त गर्नेछ। अनिमात्रै निर्वाचनप्रक्रिया सुरु हुनेछ।

सदस्यताफारम भर्ने समय सकिएसंगै उम्मेदवारहरुको चुनावीचर्चा पनि शुरु भएको छ। अध्यक्षका लागि वर्तमान कार्यसमितिकै बरिष्ठ उपाध्यक्ष सुनिलशाह, बोर्ड डाईरेक्टरद्धय कृष्ण लामीछाने र डा अर्जुन बन्जाडे साथै पुर्वउपाध्यक्ष रामपोख्रेल र पुर्व बोर्ड डाईरेक्टर सुर्य लम्सालले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन। 





यसमा तपाईको मत

अन्य समाचार

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

Ncell Footer Ad