१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा सचिवालयले तल्ला कमिटीको एकता टुंग्याउला ?

काठमाडौं- पार्टी एकताका बाँकी विषयलाई टुंगो लगाउन नेकपाले तिब्रता दिएको छ। एकतापछिको जिम्मेवारी बाँडफाँट लगायतका विषयलाई टुंगोमा पुर्‍याउन अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका भातृ संगठन तथा गाउँ, जिल्ला कमिटीहरुको एकताको विषयमा केन्द्रित हुने बताइएको छ।

नेकपाले रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदल बनेपनि त्यसले एकतालाई टुंग्याउन सकेको छैन। नेकपा एमाले र माओवादी केन्द्रबाट आएका नेताहरुका आआफ्नै स्वार्थका कारण तल्ला कमिटीहरुको एकतामा ढिलाइ भइरहेको छ। कार्यदलमा वर्षमान पुन, शंकर पोखरेल, रघुवीर महासेठ सदस्य छन्।

कार्यदलले एकताका विषयलाई टुंगो लगाउन नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सक्रिय बनेका छन्। पार्टी एकताको नौ महिना पुगेपनि तल्लो तहसम्मका संगठनको एकीकरण प्रक्रिया अधुरै रहँदा धेरै नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्। पार्टी एकतापछि तीन महिनाभित्र सबै टुंग्याउने सहमति भएको थियो।

विद्यार्थी, युवा, महिला, मजदुर संगठनहरुको पनि एकता अझै हुन सकेको छैन। समयमै एकता टुंगोमा नपुग्दा पूर्व पार्टीकै संगठनको हैसियत अनुसार ति संगठनका नेताले आफुलाई परिचय दिँदै आएका छन्।  

 

 

 

 

 

प्रकाशित: ६ फाल्गुन २०७५ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App