१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टोक्न सके टोक कान्छा, टोक्न सके टोक…

काठमाडौं- गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसप्रति को चासो झन् बढेर गयो। उनले चार दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। तर सत्ताधारी दलका नेता कार्यकर्ताको दवावपछि शर्माले युट्युवबाट गीत हटाए। गीत हटाइए पनि उनको गीत डाउनलोड गरेकाहरुले सामाजिक सञ्जालमा भाइरल बनाए। वर्तमान राजनीति, सरकारका काम, वेतिथिबारे कडा प्रहार गरिएको गीत एकाएक लोकप्रिय बन्यो।  सामाजिक सञ्जाल उनको पक्षमा रंगियो। सञ्चारमाध्यमले उनको गीतको समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे।

आजको नागरिक दैनिकमा रविन सायमिले उनकै गीतसंग सम्वन्धित कार्टुन बनाएका छन्। सायमिको नियमित स्तम्भ मुहूर्तमा प्रकाशित कार्टुनमा मादल र माइक बोकेका एक कलाकारलाई अरिंगालले लखेटिरहेका छन्। तर पनि ति कलाकारले माइक र मादल नछोडि दौडिरहेको कार्टुनमा देखिन्छ। सामाजिक सञ्जालमा उनको यो कार्टुन पनि भाइरल भइरहेको छ। 

 

प्रकाशित: ६ फाल्गुन २०७५ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App