१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बारमा आज उम्मेदवारी दर्ता

काठमाडौं – नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। सत्तारुढ दल नेकपा निकट प्रगतिशील कानुन व्यवसायी एसोसिएसनले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले सुनिल पोख्रेलको नेतृत्वमा मनोनयन दर्ता गराउने भएका छन्।

दुवै संगठनले शनिबार उम्मेदवारको नामवली तय गरेका हुन्। प्रगतिशील कानुन व्यवसायी संगठनबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा ईश्वरी भट्टराई, महासचिव सुरेन्द्र थापा र कोषाध्यक्षमा रुद्र पोख्रेल तथा महिला उपाध्यक्षमा रक्षा बस्याल चुनावी मैदानमा उत्रँदैछन्।

संगठनले उम्मेदवार चयनका लागि गठन गरेको ४५ सदस्यीय समितिका सदस्य चन्द्रबहादुर शाहीले भने छानिएका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राजनीतिक तथा भौगोलिक सन्तुलन नमिलाइएको, सुदूरपश्चिमलाई अन्याय गरिएको, कानुन व्यवसायीको संगठनमा राजनीतिक दलको नेतृत्वबाट निर्णय लादिएको भन्दै उनले नोट अफ डिसेन्ट लेखेका छन्।

प्रगतिशील खेमाबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ एवं वरिष्ठ अधिवक्ताद्वय विजयकान्त मैनाली र हरि उप्रेती पनि अध्यक्ष पदमा दाबी गरेका थिए।

यस्तै डेमोक्रेटिक लयर्स एसोसिएसनले उम्मेदवार चयनका लागि पूर्वमहान्यायाधिवक्ता वसन्तराम भण्डारी नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो। समितिले अध्यक्षमा पोख्रेल, उपाध्यक्षमा राजेश्वर अधिकारी, महिला उपाध्यक्षमा कविता थापा, महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। निर्णयमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र प्रेमबहादुर खड्काले वरिष्ठतालाई बेवास्ता गरिएको भन्दै असहमति दर्ता गराएका छन्।

प्रकाशित: ६ फाल्गुन २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App