१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलाेड गर्न प्रतिष्ठानकाे आग्रह

काठमाडाैं - राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पशुपति शर्मालाई 'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले आफ्नो आधिकारीक धारणा राख्दै उक्त गीत परिमार्जन बिनै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो।

गीत, संगीत, अभिनय लगायतबाट जनताले सरकारको वा सार्वजनिक पदाधिकारीहरुको आलोचना गर्न पाउनुपर्ने माग प्रतिष्ठानले राखेको छ। यो विषय वाक् स्वतन्त्रताको विषय भएकोले यसको हनन् सह्य नहुने जारी विज्ञप्तीमा उल्लेख छ। 'कलाकारलाई कुनै पनि शक्तिद्वारा दिइएको जुनसुकै किसिमको दबाबको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान घोर भ्रत्सना गर्दछ।', विज्ञप्तीमा भनिएको छ।

 

प्रकाशित: ५ फाल्गुन २०७५ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App