१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनाैट खेल्ने महिला क्रिकेट टाेलीकाे घाेषणा

फाइल तस्बिर

काठमाडौं - थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिताको लागि १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ।

यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो। छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन्। त्यस्तै वैकल्पिकतर्फ रितुकुमारी कनौजिया, सुमन विष्ट, अञ्जली चन्द र डोली भट्ट रहेका छन्। टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन्।

सात टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेलमा नेपालले यही फागुन ७ गते मलेशियासँग खेल्नेछ। त्यस्तै दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग खेल्ने नेपालले १० गते संयुक्त अरब इमिरेट्स (यूएइ), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्नेछ। राउन्ड रोबिनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ। नेपाली टोली शनिबार थाइल्याण्ड प्रस्थान गर्नेछ।

प्रकाशित: ३ फाल्गुन २०७५ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App