१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बोरुसिया डर्टमुन्डविरुद्ध टोटेनह्यामको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब टोटेनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–० ले स्तब्ध पार्दै अघिल्लो चरणको यात्रा बलियो बनाएको छ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामका लागि सन ह्युङ मिन, भर्टोन्घन र फर्नान्डो लोरेन्टेले गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ४७ औं मिनेटमा जान भर्टोन्घनको क्रसमा दक्षिण कोरियाली खेलाडी ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाए।

८३ औं मिनेटमा सर्ज औरियरको पासमा भर्टोन्घनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको टोटेनह्यामका लागि खेल सकिन ४ मिनेट समय बाँकी रहँदा क्रिस्टियन एरिक्सनको कर्नरमा सब्सिच्युट खेलाडी लोरेन्टेले गोल गर्दै टोटेनह्यामको जित सुनिश्चित पारे। दुई टोलीको दोस्रो लेगको खेल डर्टमुन्डको मैदानमा ५ मार्चमा हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७५ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App