१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग : आयाक्समाथि रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले नेदरल्याण्ड्सको क्लब आयाक्सलाई संघर्षपूर्ण खेलमा २–१ ले पराजित गरेको छ।

आयाक्सको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा रियलको जितमा करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे। पराजित टोलीका लागि हाकिम जिएकले एक गोल फर्काए।

खेलको पहिलो हाफमा गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा म्याच रेफ्रीले गोलको मान्यता नदिएपछि आयाक्स अग्रता लिनबाट बञ्चित बनेको थियो।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ६० औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए। ७५ औं मिनेटमा डेविड नेरेसको पासलाई सदुपयोग गर्दै जिएकले गोल गरेपछि आयाक्सले खेललाई बराबरीमा ल्याएको थियो।

तर, खेल सकिन ३ मिनेट बाँकी छदा ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २–१ को संघर्षपूर्ण जित दिलाए। अब यी दुई टिमबीचको दोस्रो लेग मार्च ५ मा रियलको घरेलु मैदानमा हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App