१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनामा ५० जना यात्रु घाइते

दमौली-तनहुँको ब्यास नगरपालिका–१ अम्रेनीमा बिहीबार ग१ख ४१५३ नं को बस दुर्घटना हुँदा ५० जना यात्रु घाइते भएका छन् ।

मुग्लिनबाट दमौली आउँदै गरेको उक्त बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । बस दुर्घटनामा परी गम्भीर घाइते हुने ब्यास–५ की २२ वर्षीय पार्वती भुजेललाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये अधिकांशको शरीरको विभिन्न भागमा चोट लागेको छ । गाडी उछिन्ने क्रममा उक्त बस सडकबाट चिप्लेर तल खेतमा खसेर दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँकोे एक्लेफाँटमा बस दुर्घटना हुँदा पाँचजना घाइते

तनहुँको आँबुखैरेनी नगरपालिका–३ स्थित एक्लेफाँटमा बिहीबार ग१ख ४४६२ नं का बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बस उक्त ठाउँमा दुर्घटना हुँदा ती यात्रु घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते भएका बन्दीपुर नगरपालिका–९ बस्ने ३७ वर्षीय बुद्धिबहादुर गुरुङलाई उपचारका लागि काठमाडौँ पठाइएको र सामान्य अवस्थाका घाइतेको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको जिप्रकाले जनाएको छ । बस चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । रासस

प्रकाशित: २० आश्विन २०७३ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App