१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चाहेको कुरा गर्न पाएको छैन : दाहाल (भिडियो)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफुले गर्न चाहेको कुरा गर्न नपाएको बताएका छन्। सरल सहयात्रीद्वारा लिखित उन्यासको विमोचन कार्यक्रममा दाहालले गर्न चाहेको र मनपराएको काम गर्न नपाएको बताए।

पहिलो पटक प्रधानमन्त्री बन्दा धेरै काम गर्ने आकांक्षा भए पनि आकांक्षा र अनुभवबीच अन्तर्विरोध हुँदा झिलिमिली भएको अनुभव राखे। 'पहिलो कार्यकाल झिलिमिली नै भयो। त्यतिबेला अनुभवको अभाव थियो', उनले भने, 'दोस्रो कार्यकाल त्यस्तो भएन। केही कामहरु भए।' आफु सरकारमा रहँदा चमत्कार गर्न नसकेको भन्दै उनले केही कामहरुको थालनी गरेको बताए।

उनले अहिले नयाँ अवसर आएको भन्दै यसलाई नयाँ क्रान्तिकोरुपमा अघि बढाउने पर्नेमा जोड दिए। आर्थिक विकास र समृद्धि नगरी समाजवाद नआउने भन्दै उनले त्यसको लागि नयाँ आर्थिक क्रान्तिको आवश्यकता भएको विचार राखे।

दाहालले नेपालमा तीन करोड जनसंख्या भए पनि तीन अर्वको केन्द्रमा रहेको बतताए। जनयुद्धमा मुर्ख मान्छे लागेका थिएनन् भन्ने पटक पटक प्रमाणित गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ थियो। 'हामी मुर्खतापूर्वक हाम फालेका थिएनौं। हामी सामाजिकरुपमा परिवर्तन गर्न त्यहाँ पुगेका थियौं', दाहालले भने।

प्रकाशित: २९ माघ २०७५ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App