१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हिन्दू राष्ट्र, भ्रष्टाचार अन्त्य र रोजगारीका लागि राप्रपाको मेची–महाकाली यात्रा

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ। 

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ। 

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने जनाइएको छ। 

ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुृई हजार २६० किमि दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने उक्त पार्टीले जनाएको छ। 

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दाबढी सभा हुने र सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्ने जनाइएको छ। 

प्रकाशित: २९ माघ २०७५ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App