काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क मुलुकका लगानीकर्ता तथा रोजगारदातालाई आग्रह गरेका छन्। दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै ढकालले यस्तो आग्रह गरेका हुन्।
महासंका उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण भएको भन्दै लगानी गर्न आग्रह गरे। ‘नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा क्षेत्रमा लगानीको अवसर छ,’ ढकालले भने, ‘मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरेकाले लगानीको वातावरण बनेको छ।’
नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको बताए। ढकालले सरकारले आगामी महीना लगानी सम्मेलनको आयोजना गरेको र लगानीका थुप्रै सम्भावना रहेको जानकारी गराएका थिए। लगानीकर्ताले नेपालमा सम्भावना रहेका विभिन्न क्षेत्रमा लगानी गरी पारस्परिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका हुन्। ढकालले सरकारले श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानूनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धनमा जोड दिएका थिए। दक्षिण एशियाका लगानीकर्ता एवं रोजगारदाताले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने ढकालले धारणा राखे।
ढकालले सार्क देशमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा लगानीका क्षेत्रमा पनि साझा खालका अवसर र चुनौती रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताए। रोजगारतादाहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्दाहरुमा मिलेर काम गर्न, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभ लिनुपर्ने बताए। मञ्चको नयाँ दिल्लीमा शुरु भएको यो आठौँ बैठक हो। यो बैठक तीन दिनसम्म चल्ने छ। यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ। मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको ढकालले बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत