१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अरुण ३ मा बम बिस्फोटको निन्दा

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले भारतीय लगानीमा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको बम बिस्फोटको भत्सना  गरेको छ। इप्पानले सोमबार विज्ञप्तिमार्फत उक्त आयोजनामा भएको बम बिस्फोट घोर भत्सना गरेको हो। 

हालै उक्त आयोजनामा अज्ञात समूहले गराएको बम बिष्फोटबाछ आयोजनाको डिजी सेट र बुमरमा भएको क्षतिको इप्पानले विरोध जनाएको छ। ‘निर्माणाधीन आयोजनामा बम बिष्फोट गराएर त्रास फैलाउने काम विगतदेखि भइरहेको छ। यस्ता घटना निरुत्साहित गर्ने कुनै संयन्त्र नहुँदा जलविद्युत् क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बम बिस्फोटका घटना रोक्न नसक्ने हो भने स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित भई १० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुन सक्दैन।’ इप्पानले स्वदेशी तथा विदेशी लगानीमा निर्माण हुने आयोजनाको सुरक्षा प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २९ माघ २०७५ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App