१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी: राष्ट्रपति

भिडियो रिपोर्ट : बिश्वास खनाल 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवस सोमबार काठमाडौंमा सम्पन्न भएको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओली, रास्ट्रपति बिद्या देवी भण्डारी अनि उपरस्ट्रपति नन्द बहादुर पुनको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए भने राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन् ।

 

प्रधानमन्त्री ओलीले विदेश जाँदा नेपाल भ्रष्टाचार र सदाचारको सूचीमा कुन स्थानमा छ भन्ने मुल्यांकन हुने भन्दै प्रधानमन्त्री ओलीले यसले देशवासीको आत्मस्वाभिमानमा चोट पर्ने बताए । ‘कहिँ जाँदा भ्रष्टाचारको आँकडामा नेपाल कहाँ छ, सदाचारमा कहाँ छ भनेर मुल्यांकन गरिन्छ’ 

प्रधानमन्त्री ओलीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न अख्तियारलाई सहयोग गर्ने पनि बताए ।

 

कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारलाई विषबृक्षको संज्ञा दिएकी छन् । ‘विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत् र तहसनहस बनाउँदै जान्छ , ‘ उनले भनिन् ।

भ्रष्टाचारले सम्बन्धित व्यक्तिलाई मात्रै नभइ उसको परिवारलाई समेत नकरात्मक असर पार्ने उनको भनाइ छ । देशको भविष्यलाई समेत ध्यान दिदै भ्रष्टाचारलाई छिटोभन्दा छिटो निर्मूल पार्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रकाशित: २८ माघ २०७५ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App