अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

सोमबार, २८ माघ २०७५, ०८ : ३४ नागरिक

28


खोटाङ – खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन्।

हाल सिंगापुर पुलिस फोर्समा विभिन्न तहमा कार्यरत पूर्वविद्यार्थीले अफ्ना अग्निपीडित गुरुलाई १ लाख ५८ हजार ९ सय ६४ रुपैयाँ सहयोग गरेका हुन्। सिंगापुर पुलिस फोर्समा कार्यरत इन्सपेक्टर नवीन राई, बालजित राई, जितेन्द्र राई, सव–इन्सपेक्टर खड्गविक्रम राई, स्टाफ सार्जिन्ट प्रकाश जोशी, होमकाजी गुरुङ लगायतका पूर्वविद्यार्थीको पहलमा ३२ जनाबाट संकलन गरिएको रकम अग्निपीडित शिक्षक श्रेष्ठलाई प्रदान गरिएको हो।

गत कात्तिक २३ गते बिहान ३ बजे रत्नपार्ककी अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले शिक्षक श्रेष्ठको घर पनि नष्ट भएको थियो भने अन्य तीन घरमा आंशिक क्षति पुगेको थियो। आगो फैलिन नदिन डोजर लगाएर छाना तथा पर्खाल भत्काउँदा रविध्वज राई, राजु श्रेष्ठ र नीवन गुरुङको घरमा क्षति पुगेको थियो। रविध्वज दोस्रोपटक आगलागीबाट पीडित बनेका हुन्। अग्निपीडितका लागि सहयोग जुट्ने क्रम जारी छ।







यसमा तपाईको मत


अन्य समाचार

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...