बागमती सफाइ अभियानलाई टेलिकमको सहयोग

सोमबार, २८ माघ २०७५, ०७ : ५६ नागरिक

काठमाडौं – नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

बागमती सफाइ महाअभियान आरम्भ भएको ३०० औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरे।

सोही अवसरमा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ। कार्यक्रमका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई प्रशंसा पत्र प्रदान गरे।   

सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको–थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको छ।

नेपाल टेलिकमले बागमती सफाइ महाअभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ। २०७० जेठ ५ देखि हरेक हप्ता बागमती सफाइ महाअभियान सञ्चालन भइरहेको छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad