बागमती बहाव

आइतबार, २७ माघ २०७५, ०८ : ४७ नागरिक

33


बागमती नदी सफाइ अभियानले ३ सय साता पूरा गरेको छ। यस अवधिमा अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भएको छ। केही प्रगति पनि हासिल भएका छन्। यो अवधिमा यस अभियानका क्रममा स्थानीयदेखि प्रहरी, सेना हुँदै विद्यार्थी र विभिन्न राजनीतिक दलसँग सम्बन्धित हजारौंले श्रम खर्चेका छन्। तर खर्च र श्रमअनुसारको प्रगति भए÷नभएकोबारे भने बहस गर्नुपर्ने अवस्था छ। नदी पानीको मात्र हैन, सभ्यताको पनि मुहान मानिन्छ। अनि कुनै पनि ठाउँलाई बस्तीयोग्य बनाउने÷नबनाउने भूमिका पनि नदीमै निर्भर हुन्छ। राजधानीकै कुरा गर्ने हो भने यो ठाउँलाई बस्तीयोग्य बनाउन बागमती, विष्णुमती, इच्छुमती र मनमती (मनोहरा) को भूमिका एक नम्बरमा छ। नत्र यहाँ सायद बसोबास असम्भव हुन्थ्यो। त्यसैले नदीहरूको संरक्षण गर्नु भनेको कुनै खोलाको मात्र हैन, मानवले आफ्नै भविष्य सुरक्षित गरेको अर्थमा बुझ्नु जरुरी छ। बागमती सफाइको सुरुआत् यही बुझाइको परिणाम थियो। सञ्चारमाध्यममा ठूला र नाम चलेका नेता, सरकारी कर्मचारी आदिको मात्र नाम आए पनि यो अभियानलाई आजको मितिसम्म डो¥याउने र निरन्तरता दिनेमा स्थानीय बासिन्दा र संघसंस्थाको भूमिका महŒवपूर्ण छ। फोहोर फाल्नेको दैनिक चियोचर्चो गरेर होस् वा किनारमा प्रतीक्षालय बनाएर, रुद्राक्षलगायतका धार्मिक र स्वास्थ्यका दृष्टिले महŒवपूर्ण बिरुवा रोपेर होस् वा मलमूत्र त्याग गर्नेलाई ठाउँका ठाउँमा सम्झाइबुझाइ गरेर यिनीहरूले सरसफाइलाई जीवन्तता दिएको पक्ष बिर्सियो भने ठूलो अन्याय हुनेछ।

अहिले एसियाली विकास बैंकको सहयोगमा बागमती नदी किनारमा पूर्वाधारका काम भइरहेका छन्। सरसफाइ अभियान पनि जारी छ। साथै फोहोर फ्याँक्ने र ढल मिसाउने काम कम भएको छ तर पूर्णतः नियन्त्रण हुन भने सकेको छैन। पूर्वाधार निर्माणसँगै विरोधका स्वर पनि निस्किरहेका छन्। बाटो साँघुरो बनाइँदैछ भनेर आवाज उठेको छ तर यो जनआवाजलाई सुनिएको छैन। अहिले नै दुईतर्फी सवारीसाधन आवागमनमा परेको अप्ठेरोप्रति पटक्कै ध्यान दिइएको छैन। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति पनि आफ्नै ढंगले यो अभियानमा क्रियाशील छ। तर यो पनि दोषमुक्त भने छैन। बागमती अभियान थालेको कति वर्षमा पूर्णरूपले सफा होला ? अझै कति खर्च लाग्ला ? नदीमा फोहोर र ढल मिसाउने काम कहिले रोकिएला ? यावत प्रश्न यथावत छन्। तर पनि यो अभियानको मुख्य सन्देश भने निकै सकारात्मक मान्नुपर्छ। कम्तीमा नदी सफाइ गर्नुको विकल्प छैन भन्ने सन्देश प्रवाह गर्न अभियान सफल भएको छ। सँगै यो अभियानले सिकाएको अर्को पाठ ‘गरे सम्भव छ’ भन्ने पनि हो। त्यसैले यसका सकारात्मक पक्ष उजागर हुनै पर्छ। तर बागमतीमा अहिले हासिल भएको प्रगतिमै सन्तुष्ट हुन भने सकिन्न। 

राजधानीकै कुरा गर्ने हो भने यो ठाउँलाई बस्तीयोग्य बनाउन बागमती, विष्णुमती, इच्छुमती र मनमती (मनोहरा) को भूमिका एक नम्बरमा छ। नत्र यहाँ सायद बसोबास असम्भव हुन्थ्यो। त्यसैले नदीहरूको संरक्षण गर्नु भनेको कुनै खोलाको मात्र हैन, मानवले आफ्नै भविष्य सुरक्षित गरेको अर्थमा बुझ्नु जरुरी छ।

बागमतीको मात्र हैन, काठमाडौं खाल्डोलाई बस्तीयोग्य बनाउने पनि हो। यहाँका नदीहरूको मात्र पनि हैन, तराई, पहाड र हिमाल तीन भूगोललाई कार्यक्षेत्र बनाएर बग्ने नदीहरूको उचित संरक्षणतर्फ ध्यान दिन जरुरी भइसकेको छ। घरघरबाट दैनिक निस्कने फोहोर त ठूलो समस्या भइहाल्यो। साथै बढ्दो उद्योगधन्दाका कारण निस्कने फोहोरले पनि पानीलाई दूषित बनाउने प्रतिस्पर्धा भइरहेको छ। बालुवा प्रशोधन, ऊन धुलाइ, साबुनलगायत सामग्री उत्पादन आदिका कारण निस्कने रसायन, विष, फोहोर आदि सोझै खोलामा छाडिने प्रवृत्तिले केही व्यक्ति त मोटाएका छन् तर त्यसको समग्र दुष्परिणाम भने निर्दोष नागरिकले भोग्नुपरिरहेको छ। यो अवस्था बागमतीको सन्दर्भमा कम देखिए पनि मनोहरामा बढी देखिन्छ। अर्कोतर्फ इच्छुमती, हनुमन्तेजस्ता खोलामा बग्ने पदार्थले हाम्रा नदीमा के बग्छन् भन्ने प्रमाणित गरेका छन्। त्यसैले अब बागमती सफाइ अभियानलाई अझ तीव्रता दिन र नमुना नदी बनाउन सबै लागिपर्नु आवश्यक छ। सँगै काठमाडौं उपत्यकाका अरु नदी हुँदै फोहोरोन्मुख सबै नदीको संरक्षणतर्फ लाग्नु बुद्धिमानी हुनेछ। यसमा भुल्न नहुने महŒवपूर्ण पक्ष यो छ कि यस्ता काममा सरकारको मुख ताक्ने र उसको निर्देशन पर्खने हैन। जो जहाँ छौं, हामी नागरिक आफैं तत्पर हुनुपर्छ किनकि हाम्रो थलोका नदीले हाम्रो परम्परा, हाम्रो धर्म, हाम्रो संस्कृति र समग्रमा हाम्रो जीवन–मरणसँग सरोकार राख्छन्। त्यसैले सम्पूर्णरूपमा हामीसँगै सम्बन्धित भएकाले यसको संरक्षणको प्रथम दायित्व पनि हाम्रै हुन्छ, जसरी नदीजन्य स्रोतको अग्राधिकार हाम्रै हुने गर्छ। 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...