१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डीपीएलकाे उद्घाटन, क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने

धनगढी - परिपर्तित खेल तालिका अनुसार साेमबारदेखि सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल) काे शनिबार उद्घाटन गरिएकाे छ। उद्घाटन निर्धारित समयमै गरिएपनि वर्षाका कारण खेल तालिका भने पछि सारिएकाे छ। प्रतियाेगिता अन्तर्गतका खेलहरु भने आगामी साेमबारबाट मात्रै सुरु हुने भएका छन्।

प्रतियाेगिताकाे एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले उद्घाटन गरे। उनले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले क्रिकेट मैदानलाई प्रदेशको गौरवको योजनाका रुपमा अघि बढाउने बताए।

वर्षाका कारण प्रतियोगिता हुने सो मैदानमा पानी जमेपछि खेल तालिका दुई दिनपछि सारिएको हाे । सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। यस्तै दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ।

प्रकाशित: २६ माघ २०७५ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App