२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हनुमन्ते खोलामा बालिकाको शव फेला

भक्तपुर - भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा शनिबार एक बालिकाको शव फेला परेको छ। सूर्यबिनायक नगरपालिका ५ राधेराधेस्थित हनुमन्ते खोला किनारामा नामथर वतन नखुलेकी अन्दाजी ८/१० वर्ष जस्तो देखिने बालिकाको शव सडेकाे अवस्थामा अनुहार समेत पहिचान गर्न नसकिने अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसर भक्तपुरबाट प्रहरी उपरीक्षकसहितको टोली खटीई लाश जाँच प्रकृति मुचुल्का गरी लाश पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानमारी दिएकाे छ।

 

प्रकाशित: २६ माघ २०७५ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App