वर्तमान मन्त्रिमण्डल भ्रष्टहरुको क्लबजस्तै भयो : गगन थापा

शनिबार, २६ माघ २०७५, १७ : १८ नरहरि सापकोटा

गोरखा - कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान मन्त्रिमण्डल भष्ट्रहरुको क्लब जस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस गोरखाले शनिबार गोरखा सदरमुकाममा गरेको सुशील कोइरालाको चौथो स्मृतिसभा एव वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठीमा उनले अहिलेको दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन्।

‘विमान खरिद गर्दा भ्रष्टाचार, विदेश जाँदा/आउँदा भ्रष्टाचार, नागरिकले सेवा लिने/दिने ठाउँमा, हरेक मन्त्रालयमा भ्रष्टाचार छ’, थापाले भने, ‘प्रधानमन्त्रीको मातहतै भ्रष्टाचार भएको छ, सिंगो पार्टी भ्रष्टाचारमा संस्थागत रुपले लागेको छ।’ पाइलैपिच्छे भ्रष्टाचारको नमुना सरकारले देखाएको उनले बताए। ‘प्रधानमन्त्री आफैं भ्रष्टाचारीका नेतृत्वकर्ता हुन्।’ थापाले कांग्रेस कार्यकर्तालाई सरकारले गरेको नराम्रा कामको भण्डाफोर गरी गाउँ गाउँ पुग्न निर्देशन दिए।

सरकारको कामप्रति आक्रोशित हुँदै उनले थपे, ‘हेर्दाहेर्दै नेपाल डुब्न लाग्यो, आर्थिक संकट सुरु भइसक्यो। लगानी गर्ने वातावरण छैन, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रदै गएको छ, शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेन।’ वर्तमान सरकारले अदालत, अख्तियार, लोकसेवा सबैमा हस्तक्षेप गरेको उनको आरोप थियो। दुई तिहाईको दम्भ देखाएर सरकारले तानशाह प्रस्तुत गरेको भन्दै उनले सरकारले आवश्यक कानुन, ऐन नियम नबनाउँदा प्रदेश सरकार पंगु भएको र स्थानीय सरकार बरालिएको बताए।

कांग्रेसका वडादेखि जिल्ला समिति र विजयी भएका जनप्रतिनिधि सहित उपस्थित कार्यक्रममा केन्द्रीय सदस्य थापाले जिम्मेवारीको राजनीति गर्ने पार्टी भएकाले अहिलेको ब्यवस्थालाई दायाँ बायाँ हुन नदिन सरकारलाई सचेत गराउने भुमिकामा रहन सबैलाई अनुरोध गरे।

 







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...