१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आजदेखि बुढासुब्बा गोल्डकप

बुढासुब्बा गोल्डकपको ट्रफी। तस्बिर: रोहित/नागरिक

धरान - दुई दशकदेखि निरन्तर आयोजना भइरहेको अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २१ औँ संस्करण शनिबारदेखि शुरु हुँदै छ। धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएर उद्घाटनको मात्र प्रतिक्षा रहेको आयोजक धरान फुटबल क्लबले जनाएको छ। आजको उद्घाटन खेलमा काठमाडौंको संकटा क्लब र झापाको मेची नेत्रालय केएफटिसीले प्रतिस्पर्धा हुनेछ।

फागुन ४ गते हुने फाइनलबाट बुढासुब्बा गोल्डकपले २१औं संस्करणको विजेता पाउनेछ। प्रतियोगितामा २ वटा आमन्त्रित टिमसहित ८ टिम सहभागी छन्।प्रतियोगितामा संकटा र मेची नेत्रालयसहित मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस, सहारा पोखरा, डाउफिन्स क्यामरुन र कोलकाताको डलहाउजी एथलेटिक सहभागी छ। विजेताले ट्रफीसहित नगद पुरस्कार ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ हात पार्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई स्कुटर दिइने आयोजक क्लबका अध्यक्ष किशोर राईले बताए।

प्रतियोगितामा संकटा र मेची नेत्रालयसहित मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस, सहारा पोखराका साथै दुई विदेशी क्लब डाउफिन्स क्यामरुन र कोलकाताको डलहाउजी एथ्लेटिक सहभागी छ ।

सर्वाधिक गोलकर्ताले नगद ३५ हजार र विधागत उत्कृष्टअन्तर्गत स्ट्राइकर, डिफेन्स, , मिडफिल्डर, गोलकिपर र प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्। म्यान अफ दी म्याचलाई १५ हजार र धरानका उदीयमान एक खेलाडीलाई पनि नगद १५ हजार पुरस्कार दिइने अध्यक्ष राईले बताए। 

प्रकाशित: २६ माघ २०७५ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App