१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा २ जनाको मुत्यु, ५ घाइते

दमौली–  बुधबार साँझ जिप दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका ६ जालभज्याङ्गमा जिप पल्टदाँ बन्दीपुर गाउँपालिका ५ झारगाउँका ५० बर्षीय मनबहादुर गुरुङ्ग र ४५ बर्षीया चीजमाया गुरुङ्गको मृत्यु भएको हो।

जिप दुर्घटनामा घाइते दुर्इको उपचारको त्रममा बन्दीपुर अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। जालभज्याङ्गबाट बन्दीपुर ५ झारगाउँ जाँदै गरेको ग २ च ३२७० नम्बरको जिप सडकबाट तल पल्टिएको थियो। जिप चालक सहित ५ जना घाइतेलाई बन्दीपुर अस्पतालमा सामन्य उपचारपछि थप  उपचारको लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

आबुखैरेनी ६ जालभज्याङ्गमा छेवरको भोज खाएर फर्किने क्रममा उकालो तान्न नसकेपछि जिप व्याक हुने क्रममा  दुर्घटना भएको प्रहरी नायब उपरीक्षक  अर्यालले जानकारी दिए।

प्रकाशित: २४ माघ २०७५ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App