काठमाडौं – काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए सकेका ६३ विद्यार्थीहरुलाई दीक्षित गरेको छ। दीक्षान्त समारोहमा केएमसीका प्राचार्य सुरेन्द्र सुवेदी, निर्देशक किशोर गौतमको उपस्थिति थियो।
समारोहमा निर्देशक गौतमले दीक्षित विद्यार्थीले किताबी ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथि प्राडा कुन्दनदत्त कोइरालाले दीक्षित विद्यार्थीले आफ्नो भविष्यको मार्गचित्र बनाएर अघि बढ्नुपर्ने र हतारमा निर्णय नगरी सोचविचार गरेर भविष्यको योजना बनाउनुपर्ने बताए।
कार्यक्रमका एक वक्ता टुटुलका सिइओ शिक्षित भट्टले प्रविधिको विकासले तीव्र रुप लिइरहँदा विद्यार्थीले बजारमा कायम कयौं जागिर केही समयपछि टाइपराइटर हराएझैं हराउने हुँदा भविष्यमा हुन सक्ने कामको प्रकृतिलाई आकालन गरी अघिबढ्नु पर्ने बताए।
कार्यक्रमका विशेष अतिथि स्वीटजरल्यान्डको फ्राइवर्ग विश्वविद्यालयकी प्राध्यापक नाथानाइल फ्राइडेनले नेपालको विकास तीव्र गतिमा भइरहेको बताउँदै सो गतिलाई दिशा देखाउने काममा शिक्षित युवा अग्रसर हुनुपर्ने बताइन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...
नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...
नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...
नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...
यसमा तपाईको मत