१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हज यात्रीको संख्या दोब्बर बनाइने

काठमाडौं – सकारले मुस्लिमको पवित्र धर्मस्थल मक्कामा हज गर्न जाने नेपाली मुसलमान समुदायको यात्री संख्या बढाउने भएको छ। हाल एक हजार दुई सय जना हज गर्न जाने गरेका छन्।

आगामी वर्षदेखि सो संख्या दोब्बर बनाइने तयारी सरकारले गरेको हो। त्यसका लागि साउदी सरकारसँग नेपाल सरकारले छलफल अघि बढाएको छ। हज कमिटीको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले हज यात्रीको संख्या बढाउन प्रक्रिया सुरु भएको जानकारी दिए।

‘हाल मक्का गइरहेका हज यात्रीको संख्या दोब्बर बनाउने योजनामा सरकार छ। त्यसका लागि साउदी सरकारसँग छलफल गरिएको छ,’ गृहमन्त्री थापाले भने। उनका अनुसार गृह र परराष्ट्र मन्त्रालयले सोका लागि गृहकार्य गरिरहेका छन्।

प्रकाशित: २३ माघ २०७५ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App