१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साह ६ लाख धरौटीमा साह रिहा

काठमाडौं – भ्रष्टाचार मुद्दामा मुछिएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक सूर्यदेव साहले विशेष अदालत काठमाडौंमा ६ लाख रुपैयाँ धरौटी राखेर मुक्त भएका छन्।

विशेषका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू चण्डीराज ढकाल, नारायणप्रसाद पोखरेलको इजलासले साहलाई धरौटीमा छोड्ने आदेश गरेको हो। विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि उनी धरौटी थमाएर छुटेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर क्षेत्र विकास परिषद्मा रहँदा भ्रष्टाचार गरेको भन्दै तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। अख्तियारले साहसँग ६२ लाख ८८ हजार रुपैयाँ भ्रष्टाचार गरेको मागदाबीसहित मुद्दा दर्ता गरेको हो। रंगभूमि मैदान, गंगासागर, तिरहुतिया गाछी संरक्षणलगायतका विभिन्न ८ वटा ठेक्कामा भ्रष्टाचार भएको ठहर अख्तियारको थियो।

प्रकाशित: २३ माघ २०७५ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App