१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्यनिरूपण विधेयक आज पारित हुँदै

काठमाडौं – प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक पारित गर्ने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको दोस्रो बैठकले विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको थियो।

राष्ट्रियसभाबाट पारित भए लगत्तै प्रतिनिधिसभाको सोही दिन तेस्रो बैठक बसेर विधेयक माथिको विचार गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो। त्यसपछि विधेयकमाथि संशोधनको समय दिइएको छ। संशोधनको समय बुधबार पाँचबजे मात्र सकिने छ।

प्रतिनिधिसभाको बुधबार ५ बजे बस्ने दोस्रो बैठकले यस विधेयकलाई पारित गर्ने भएको छ। आयोगको कार्यअवधि यही माघ २६ गते समाप्त हुने र आयोगबाट सम्पन्न हुनुपर्ने काम सम्पन्न गर्न बाँकी रहेकाले विधेयक पारित गरी आयोगको म्याद एक वर्ष थप गर्न लागिएको हो।

आयोगका अध्यक्ष तथा सदस्यको पदावधि भने चैत मसान्तसम्म रहने व्यवस्था विधेयकमा राखिएको छ। सरकारले २०७१ सालमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१’ संसद्मा ल्याएको थियो।

प्रकाशित: २३ माघ २०७५ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App