१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युएनडिपीको गाडी दुर्घटनामा एकको मृत्यु, ५ घाइते

नुवाकोट– नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ आरुखर्क सालघारीमा मंगलबार साँझ युएनडिपीको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा गाडीका चालक सर्लाही परवानीपुरका २४ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा. ३ च ५७११ नम्बरको ल्याण्ड क्रुजर गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। 

घाइतेलाई उपचारको लागि काठमाडौं पठाइएको छ। गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ। दुर्घटना भएको गाडी सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ माघ २०७५ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App