१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डुवानमा विराटनगर

विराटनगर स्थित राजमार्गमा जमेको पानी। तस्बिर: चुमन बस्नेत

विराटनगर-शनिबार विहानदेखिको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ। ढल नाला निर्माणको क्रममा पानीको निकास थुनिंदा मुख्य बजारका अधिकांश स्थान डुवानमा परेको हो।  
सडकमा पानी जमेर आवतजावतसमेत  समस्या उत्पन्न भएको छ। विराटनगर  स्थित शनिमन्दिर चोक,रोडशेष चोक, हिमालय रोड, कजेजरोडलगायत बजारका अधिकांश सडक पानीले भरिएका छन्। मुख्य बजार क्षेत्र मात्रै हैन नगरका अन्य स्थानको अवस्था पनि उस्तै छ। विराटनगरको तीनटोलिया, पीचरा,मधुमारा,आयलनिगम,दुधफारम, पहडगछ लगायतका स्थानका सडकमा पानी जमेको छ। विराटनगरका दक्षीणी क्षेत्र र खोला किनारामा बस्दै आएका सुकुम्वासी बस्तीमा पनि डुवानमा परेका छन्।  सडक विस्तारका कारण सबैजसो सडकहरू हिलाम्ये भएका छन् । नगरका भित्री सडकहरू हिड्नै नसक्ने अबस्थामा पुगेका छन् । सबै भन्दा बढी यातायातको चाप हुने मेनरोड र राजमार्गमा समेत पानी जमेर यायातातका साधन सञ्चालनमा समस्या उत्पन्न भएको छ । बर्षाका कारण जनजीवन अस्थव्यस्थ बनेपछि विराटनगर उपमहानगरपालिकाले पानी निकासको व्यवस्थापन थालेको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताए । दिउँसो देखि बर्षा रोकिएका कारण पानी निकासको व्यवस्थापन गर्न पनि केहि सहज भएको छ भने सडकमा जमेको पानी पनि घट्नेक्रममा छ । निकासको व्यवस्था नहुँदा सडकमा पानी जमेर विराटनगरको जनजीवन अस्तव्यस्त भए पनि डुवानका कारण क्षति भएको र कोहि विस्थापित भएको जानकारी कतैबाट नआएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता योगेन्द्र सिंहले भने‘डुवानले जनजीवन प्रभावित पारे पनि मानवीय वा भौतिक क्षेति भएको र कोहि विस्थापित भएको जानकारी प्रहरीमा अहिलेसम्म आएको छैन ।’
 

 

प्रकाशित: ११ असार २०७३ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App