१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सरकारले क्रिकेट खेलको विकासलाई महत्व दिएको छ : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकोमा बधाई तथा शुभकामना दिएका छन्।

इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग मंगलबार (आज) आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उनले यस्तो सद्भाव व्यक्त गरेका हुन। ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितले आफू र आफ्नो पार्टी खुशी भएको अध्यक्ष दाहालले नेपालको बताए।

देश समृद्धिको यात्रामा अघि बढेका बेला राष्ट्रिय एकतालाई मजबुत पार्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका निर्वाह गरेको उनको भनाई थियो। अध्यक्ष दाहालले राज्यले खेल क्षेत्रलाई विशेष महत्व तथा प्राथमिकता दिएको र चितवनमा बन्ने रंगशालाबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने बताए।

आफ्नातर्फबाट यो खेलको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत उनले बताए। अध्यक्ष दाहाललाई भेट्न पुगेको टोलीमा नेपाल क्रिकेट संघका पदाधिकारी, प्रशिक्षक र कप्तान पारस खड्कासहित अन्य खेलाडी थिए।

प्रकाशित: २२ माघ २०७५ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App