काठमाडौँका चोक चोकमा अब स्मार्ट डस्टबिन।

मङ्गलबार, २२ माघ २०७५, १० : ३३ नागरिक

भिडियो रिपोर्ट: बिश्वास खनाल 

उपत्यकामा पछिल्ला दिनहरूमा अत्याधिक प्रदुषण बढेको छ। कतिपय स्थानहरूमा प्रदुषण मापन मेसिन राखिएपनि धेरैलाई यसबारे जानकारी छैन्।  आखिर के हो त यो मेशिन, अनि कसरी मापन गर्छ प्रदुषण। हरिश सन् २००२ मा अमेरिका अध्ययनका लागि गएका थिए। चार वर्षपछि फाइनान्समा ब्याचलर्स गरेर उनी नेपाल फर्किए। 

 काठमाडौंमा हुर्केका उनी नेपालमै केही गरौं जस्तो लागेर स्वदेश फर्किएका थिए। ‘यहाँ आउँदा सबै कुरा अर्कै जस्तो, आफू नै पराई जस्तो लाग्यो,’ उनले भने ‘दुई वर्षपछि त वाक्क दिक्क भएर मलाई अमेरिका फर्कौं भन्ने लागेको थियो।’ व्यापारसँगै सिर्जनशील उद्यममा उनको रुची थियो। काठमाडौं महानगरपालिका र सडक विभागसँग मिलेर हरिश अग्रवालले सोलारसहितका स्मार्ट डस्टबिन राखेका हुन्। डस्टबिनमा तपाईंले आफ्नो मोबाइल पनि चार्ज गर्न सक्नुहुन्छ। त्यसको स्क्रिनमा काठमाडौंको हावामा प्रदुषणको मात्रा र तापक्रम पनि देखिन्छ। डस्टबिनको अगाडितिर विज्ञापन छ भने पछाडिपट्टी महानगर र सरकारी सूचना राखिएको छ। ‘विज्ञापन राखेर नै यसको लागत र सञ्चालन खर्च उठाउने लक्ष्य छ,’ ‘धेरैलाई बानी परेको छैन् तैपनि फोहोर जम्मा हुन थालेको छ, पछि मान्छेलाई फोहोर डस्टबिनमै फाल्ने बानी पर्छ नि हरिश भन्छन।’








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad