१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अभावले छिप्पिएको क्यान्सर

वीर अस्पतालमा उपचाररत् बिक्रममान तामाङ ।

काठमाडौं–ललितपुर देवीचौरका ३७ वर्षीय बिक्रममान  तामाङलाई छ महिना अघिदेखि पिसाव पोल्न थाल्यो।  रोगले च्याप्दै गयो । तैपनि भनेको बेला अस्पताल पुग्न सकेनन् । कारण उनीसँग पैसा थिएन ।

पछि यताउता गरी पाटन अस्पताल पुगे। अस्पतालको रिपोर्टमा  लिंङ्गको क्यान्सर देखियो। त्यतिबेला  तामाङ हिंडडुल गर्ने र खाना खान सक्ने  अवस्थामा थिए। अहिले उनी जीवन मरणको दोसाँधमा छन्। भक्तपुर अस्पतालको कुरुवा घरमा दिनहरु बिताइरहेका छन्।

क्यान्सर पत्ता लागे लगत्तै पाटनले वीर अस्पताल पठायो। वीरमा भर्ना भए । वीर अस्पतालमा विपन्नका लागि यस्तो धेरै सुविधा थिए।  अस्पताल भित्र नभएका कतिपय औषधि किन्नु पथ्र्यो ।यसको लागि दम्पत्तिसँग पैसा हुदैंन्थ्यो। ‘दुई सय पचास रुपैयाँको औषधि किन्न नसकेर घर गएछन्’, बिक्रमका कराँते गुरु तथा खेलकुद परिषद्का कराँते प्रशिक्षक काजीमान श्रेष्ठले भने। यो थाहा पाएपछि श्रेष्ठले आफू र कराँते सिक्ने चेलाबाट संंकलन गरी ४० हजार सहयोग गरे।

 तैपनि बिक्रमलाई धेरै कुराले साथ दिएन।  कहिले पैसा भएन  कहिले कुरुवा भएनन्। ‘पैसा नभएर घर गएछन् र धामी झाँक्रीलाई देखाएछन्’, प्रशिक्षक श्रेष्ठले भने। उनको अनुसार बिक्रमलाई नियमित हेर्ने कुरुवा हुँदैन्थे। ‘पैसा हुँदा कुरुवा थिएनन्,कुरुवा हुँदा पैसा थिएन’, श्रेष्ठले भने। नियमित कुरुवाको अभावले तामाङले धेरै दुःख पाएका थिए।

 

सम्पत्तिको नाममा गाउँमा सानो घर मात्र भएका तामाङले उपचारको लागि क्रण पाएनन् । समस्याले  अस्पताल आउनुको सट्टा अन्यत्र उपाय  खोज्थे । ‘पैसा नभएपछि धामी–झाँक्रीको औषधि लगाउने र खुवाउने गरेछन् घाउ पाक्दैगयो’, श्रेष्ठले भने।
वीरको उपचारले तामाङको रोग घटेन । बरु उल्टै बढ्दै गयो ।  तामाङको यो अवस्थाबारे थाहा पाएपछि ‘न्यानो स्पर्श’ नामक फेसवुक संजालले गत भदौको दोस्रो साता भक्तपुर क्यान्सर अस्पताल पुर्याएको हो।  

भक्तपुर क्यान्सर अस्पतालले सम्भव भएसम्म उपचार गर्न खोज्यो । अस्पतालमा दुई सातासम्म  रेडियोथेरापी दिइयो । तैपनि उनको स्वास्थ्यमा सुधार आउन सकेन। क्यान्सर फैलिसकेकोले शल्यक्रिया गर्न नसकेको अस्पतालका निर्देशक तथा बरिष्ठ क्यान्सर रोग प्रमुख डा. प्रकाशराज न्यौपानले बताए। ‘पिसावको थैलीको भए कृत्रिम थैली बनाएर शल्यक्रिया गथ्र्यों, लिंगमा फैलिसकेकोले यो सम्भव भएन’, डा.न्यौपानेले भने।

अस्पतालमा रेडियोथेरापीको मात्रा पुगिसक्दा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको सहयोगी न्यानो स्पर्शका सदस्य सागर पौडेल र समाजसेवी क्रषिराम न्यौपानेले बताए। पौडेलका अनुसार अव बिक्रमलाई दुखाई व्यवस्थापन  गर्दै बाँकी जीवन जिउनु बाहेक बिकल्प छैन। अहिले सहयोगी न्यौपानेकै पहलमा भक्तपुर क्यान्सर अस्पतालको कुरुवा घरमा राखिएको छ। ‘दुखाई हेरचाह हुन्छ भनेर यतै राखेका हौं, पैसा जुटे राम्रै संस्थामा लैजान्छौं’,  न्यौपनाले भने। खेलकुद परिषदले यस्ता खेलाडीको हकमा बिरामी खर्च एक लाख दिने व्यवस्था रहेपनि अहिलेसम्म आउन नसकेको न्यौपानले बताए ।  
बिक्रमको बाँकी जीवन सुखद पुर्वक बिताउनकालागि पनि केही खर्च आवश्यक परेकाले न्यानो स्पर्शले सवैलाई सहयोगको लागि आग्रह गरेको छ । बिक्रमको उपचारको लागि न्यानोले सिटिजन बैक,भक्तपुर शाखा ०३०००१९८९ ÷एसए पत्नी सोममायाा  तामाङको नाममा खाता खोलिएको छ । न्यानो यस्तै विपदमा परेकाहरुलाई राहत दिन जुटेको युवा पुस्ताहरुको फेसबुक संजाल हो ।  आफ्नै आर्थिक कोष नभएकोले कसैको विपदमा सानोतिनो सहयोग गर्ने गरेका छन् ।

भत्तपुर अस्पतालका निर्देशक डा.न्यौपाने उपचारमा ढिला आएकैले उपचारमा कठिन परेको बताए । उनको अनुसार क्यान्सर तीन किसिमले बढ्ने अवस्थाका हुन्छन् । धेरै छिटो,कम छिटो र ढिला गरी बढ्छन् । यी मध्ये तामाङको क्यान्सर केही ढिलो बढ्ने प्रकारको हो ।  ‘थाहा पाउने बित्तिकै शल्यक्रिया गर्न सकेको भए निको हुन्थ्यो, अहिले स्थिति छैन’, उनले भने।
पीडित तामाङले वीर अस्पतालले रोग अनुसारको उपचार नगरेको आरोप लगाएका छन्। ‘म डेढ महिनासम्म बस्दा कि त रेफर हुनु पथ्र्यो के अपे्रशन हुनु पथ्र्यो यी दुवै भएनन्’, उनले भने। उनले थप्दै भने, ‘डेढ महिनापछि मात्र मेशिन छैन भने’, उनले गुनासो गर्दै भने।
यस बिषयमा उनको उपचारमा संलग्न वीर अस्पताल अन्कोलोजी बिभागका प्रमुख डा.विवेक आचार्यले तामाङ ढिला उपचारमा आएकैले निको हुन  कठिन परेको बताए । ‘क्यान्सरको उपचार बिधि अनुसार केमोको मात्रा बढाउँदै लगेका हौं,तैपनि निको भएन’, उनले भने । वीरमार रेडियोथेरापी  बिग्रकोले केमो दिएको बताए। बिक्रम लाज र पैसाको अभावले ढिला उपचारमा आएको हुन सक्ने डा.आचार्यले बताए।‘अस्पतालले सक्दो सहयोग गरेको थियो,कतिपय औषधी बाहिर किन्नु पथ्र्यो’, उनले भने ।

 

प्रकाशित: १९ आश्विन २०७३ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App