१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

केही गल्ती गरेको छैनः चिनियाँ लामा

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका धर्मगुरु रिन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा) ले बौद्ध स्तूपमा कुनै विवादास्पद कार्य नगरेको बताएका छन्। बौद्ध बचाऔं संघर्ष समितिले गत बिहीबार लामाविरुद्ध विरोध प्रर्दशन गरेपछि उनले गलत कार्य नगरेको बताएका हुन्।

आर्थिक स्वार्थ बोकेका केही व्यक्ति र संस्थाले आपूmहरुले गरेको गलत कामको ढाकछोप गर्नका लागि आरोप लगाएको उनले बताए। ‘मैले बौद्धमा कुनै गलत काम गरेको छैन। बौद्धलाई झिलीमिली पार्नको लागि बत्ती हालेको थिएँ,’ उनले भने, ‘संघ संस्थाहरुले मलाई गलत आरोप लगाएका छन् ।’ गुठी संस्थानबाट चिनियाँ लामालाई नियुक्त गरेकाले नक्कली गुरु भनेर भ्रममा नपर्न उनले आग्रह गरे। कानुनी प्रक्रियाबाट नेपाली नागरिकता पाएकाले नेपालकै नागरिक भएको उनले दाबी गरे। ‘कानुन बमोजिम नेपाली नागरिकता पाएको छुँ,’ उनले भने, ‘बाहिर अध्ययन मात्रै गरेको हुँ। नेपाली नागरिक होइन भनेर मिडियामा प्रचारप्रसार भएको छ।’

नेपाली सक्कली नागरिकता देखाउने पत्रकारको प्रश्नमा भने उनले सक्कली नागरिकता देखाउन सकेन। यस विषयमा सिडियो कार्यालयमा नागरिकताको प्रतिलिपि रहेको उनले बताए।

विभिन्न संघसंस्थाहरुले लामाविरुद्ध लाल्छाना लगाएको लामाका कानुनी सल्लाहाकार चन्द्र पोखरेलले बताए। ‘कुनै संघसंस्थाहरुले लामालाई झुठो आरोप लगाएका छन्। लामाले बौद्धलाई बिगार्ने काम गरेको छैन,’ उनले भने, ‘नक्कली गुरु नभई सक्कली गुरु नै हुन। कानुनी प्रक्रियाले पनि घ्याङ गुठीको पुरै बौद्ध स्तूप चलाउने अधिकार छ।’

बौद्ध बचाऔं संघर्ष समितिका प्रवक्ता सम्पूर्णकुमार लामाले आफ्नो बचाउ गरेको आरोप लगाए। ‘गरेको गल्तीका मैले गरेको हुँ भनेर भन्छ ?,’ उनले भने, ‘लामाले आफ्नो बचाउ गरेको हो। गलत काम गर ेपनि कुनै सरोकार निकायले कारबाही गर्न सकेको छैन ।’ बौद्धहरुको आस्थाको केन्द्रबिन्दु गुरु रिन्पोछेको अपमानित गरी आपूmलाई स्वघोषित गुरु रिन्पोछेको औतारी भन्ने गरेको उनको आरोप छ। ‘सक्कली गुरु भए विश्व सम्पदामा सूचीकृत बौद्धको संरक्षण गर्ने बेलामा उल्टै किन विदेशी नागरिक ल्याएर ड्रिल गरेल प्वाल पार्‍यो ?। हङकङको ग्रीनकार्ड होल्डर छ। कानुनअनुसार कुनै सार्वजनिक पदमा बस्न पाउँदैन,’ उनले भने।

प्रकाशित: २१ माघ २०७५ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App