१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपहरण मुद्दाका फरार २० महिनापछि पक्राउ

लहान–लहान ३ का गुरुदयाल महतो अपहरण मुद्धाका फरार अभियुतmलाई प्रहरीले २० महिनापछि काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ । अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई सुन्धारा स्थित लँजबाट शनिवार विहान पक्राउ परेको लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए।
    ०७१ कातिक २९ गत्ते जिपमा भाडाका मानिस पुर्याएर इटहरीबाट फर्कने क्रममा सप्तरीको पनसेरा ७ बाट अपहरणमा परेका थिए। उनलाई केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआइबी) र स्थानीय प्रहरीको टोलीले भारतीय सहर डुबरबोनाबाट ३२ दिनपछि मुतm गराएको थियो।
    अपहरण मुतm गराउने क्रममा प्रहरीले अपहरितका मामा नातापर्ने डुबरबोनाकै महेन्द्र महतो (३९) लाई समेत पक्राउ गरेको थियो । उनी अपहरणका मुख्य योजनाकार रहेको प्रहरीको अनुसन्धान टोलीले खुलाएको थियो। यो अपहरणमा लहानका राजकुमार ठाकुरपनि योजनाकारकै रुपमा काम गरेको प्रहरीले मिसिल खडा गरेको थियो ।
    प्रहरीको मिसिलमा अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुतm किटान गरिएका ठाकुर सोही समयदेखि फरार थिए, डिएसपी केसीले बताए ।
    सप्तरी जिल्ला प्रहरी कार्यालयमार्फत अभियोजन पत्र दायर गरिएको महतो अपरण मुद्दा अहिले जिल्ला अदालत सप्तरी राजविराजमा चलिरहेको छ।
    पक्राउ ठाकुरलाई शनिबार नै लहान प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएको केसीले बताए । ठाकुर इटहरीमा लुकिछिपी बस्दै आएको सूचना पाएर खोजीका लागि प्रहरी खटाउँदा उनी सो स्थानबाट भागेर धनुषाहुँदै काठमाडौं पुगेका थिए,’ केसीले भने, ‘विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको छ ।’

 

प्रकाशित: ११ असार २०७३ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App