२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हराएको पैसा ट्राफिकले फेला पारेर बुझाए

सिन्धुली – कमलामाई नगरपालिका १ बेल्टारका खुसबहादुर श्रेष्ठ आइतबार सदरमुकाम सिन्धुलीमाढी आसपासमा १० धुर जग्गा पास गर्ने सोचमा सिन्धुली सदरमुकाम पैसा बोकेर आए। काठमाडौंमा रहेका श्रेष्ठ आइतबार करिब १२ बजेतिर यहाँको कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा पैसा सहितको झोला लिएर ओर्ले।

उनीसँगै बालबच्चा पनि साथै थिए। विपी राजमार्ग घुमाउरो भएकाले यात्राबाट झर्न नपाउँदै बच्चाले बमिट गर्न थाले। खुसबहादुर पनि नगद ४ लाख ५० हजार सहितको झोला साइडमा राखेर बच्चालाई बमिट गराउन लागे। झोला साइडमा राखेर बच्चालाई बमिट गराउन लागेकै समय सोही चोकमा गाडी कुरेर केहि यात्रुपनि बसेका थिए। जसमध्ये गाडी कुरेरै बसेका एक यात्रुले आफ्नै सम्झेर खुसबहादुरको झोला लिएर गाडी चढे।

बच्चाले बमिट गरिसकेपछि यताउता हेरे झोला खुसबहादुरले देखेनन्। नगद सहितको झोला हराएपछि उनी आत्तिएर के गरौ कसौ गरौ भए। जिल्ला प्रहरी कार्यालयलाई फोन गर्ने सम्झना उनलाई आयो। प्रहरीमा फोन गरेर खबर गरे। प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सबै गाडी चेकजाँच गर्न निर्देशन गर्यो।

नगद ४ लाख ५० हजार सहितको झोला साटिएको खबर पाएलगत्तै जिल्ला ट्राफिक प्रहरीका असई रामेश्वर पाण्डेसहितको टोली चेकजाँचका लागि विपी राजमार्गको चियाबारी नजिकै बसेर कडा चेकजाँच गर्न सुरु गर्याे। करिब ३ सय गाडीका यात्रुका झोला चेकजाँच गर्ने तथा गाडी चेकजाँच गर्दा पुर्वबाट काठमाडौं हिँडेको बा४ख ४१८३ नम्बरको हायस गाडीमा रहेका यात्रुसँग झोला साटिएको थाहा पाएपछि नगद फेला परेको ट्राफिक असई पाण्डेले बताए।

खुसबहादुर ओर्लेर झोला साइडमा राखेकै समय अर्का यात्रुले गाडी चढ्ने क्रममा उस्तै झोला भएकाले साटिएको हो। चार लाख पचास हजार नगद सहितको झोला साटिएका यात्रुलाई उद्धृत गर्दै असई पाण्डेले नागरिकसँग भने, “धेरै गाडी चेकजाँच गर्दा एक वृद्ध यात्रुसँग झोला फेला पर्याे, ल्याएर पैसा सहित झोला फिर्ता गरिसक्यौ।”

प्रकाशित: २० माघ २०७५ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App