१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशको नाम र राजधानीमा केन्द्रको दवाब छैन : मुख्यमन्त्री राई

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नामाकरण र स्थायी राजधानीको मुद्दाबारे पार्टी केन्द्रले कुनै निर्देशन वा दबाब नदिएको दाबी गर्दै प्रदेश सभाबाटै त्यसको टुंगो लगाउने बताएका छन्। प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु हुने दिन आइतबार बिहान सञ्चारकर्मीस्ँग कुरा गर्दै मुख्यमन्त्री राईले सहमतिमै यी दुवै मुद्दा टुंगिने प्रष्ट पारे।

‘मैले पनि प्रदेशको नाम र राजधानीबारे सञ्चारमाध्यम मार्फत धेरै कुरा सुनेको छु’, उनले भने ‘तर, आधिकारिक रुपमा पार्टी केन्द्र वा संघीय सरकारले हामीलाई केही भनेको छैन। यसको टुंगो प्रदेश संसद्ले नै लगाउने हो।’ पार्टीको हाइकमाण्डमा यसबारे छलफल हुन सक्ने सम्भावना स्वीकार्दै उनले यदि त्यसो भएको भए जानकारी आउने उनले बताए। ‘छलफल वा सहमति भएको हुनसक्छ तर हामीलाई जानकारी आउला’, उनको कथन थियो ‘तर, प्रदेश सभाका माननीयहरु नै यसका लागि सक्षम हुनुहुन्छ।’

आइतबार ३ बजेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनबाट नाम, राजधानी र संसदीय समितिको नेतृत्व टुंगो लाग्ने जानकारी दिँदै मुख्यमन्त्री राईले सबै विषय सर्वपक्षीय सहमतिमा टुंगिने विश्वास व्यक्त गरे। ‘अहिलेसम्मको उच्च समझदारी, आपसी संवादले सहमतिमै यी विषय टुंगिनेमा आशावादी छौं’, उनले भने ‘यदि सहमतिमा सम्भव भएन भने प्रक्रियामा जान्छ।’ प्रदेश सभामा नेकपाको दुई तिहाइ संख्या छ। ९३ सदस्यीय सभामा नेकपाका सांसद्को संख्या ६७, काँग्रेसको २१, संघीय समाजवादी फोरमको ३ , राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १–१ जना सांसद छन्। 

प्रदेश संसद्को यसअघिका दुई वटा अधिवेशनले २३ वटा कानून निर्माण गरिसकेको छ।

 

प्रकाशित: २० माघ २०७५ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App