१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सबै वडामा विपत व्यवस्थापन समिति गठन

काठमाडौं – काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा विपत व्यवस्थापन समिति गठन गरेको छ। स्थानीय तहको कानुनी व्यवस्थाअनुसार उक्त समिति गठन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य स्वयंसेविका, वडाका महिला सदस्य र अन्य सदस्यसहित ११ सदस्य रहेको सो समितिले आफ्नो क्षेत्रमा हुने विपत जोखिम न्यूनीकरण गर्नाका लागि विपतको समयमा एकअर्कामा सहयोग र बच्ने उपायका सम्बन्धमा काम गर्नेछ।सो बमोजिम अग्नि नियन्त्रण, भूकम्पबाट बच्ने उपाय, ढलको समस्या समाधानका लागि काम गर्ने पनि उनले बिताए।

कामपाको सबै वडा कार्यालयले केही समयअघि मात्रै पूर्णता पाएकाले ती समितिहरूले विपतको सामना गर्न तालीम दिइरहेको छ। कामपाका अनुसार उपत्यकाको मुख्य समस्या आगोको रहेकाले ग्यास र विद्युतीय सामग्री प्रयोग गर्दा हुनसक्ने खतराको पनि सम्बन्धित वडाका विपत व्यवस्थापन समितिले नागरिकलाई जानकारी गराइरहेको छ। विपतकै समयमा आपतकालिन उद्धारका लागि केही दिनअघि कामपाले उपत्यकाभित्रका अत्यावश्यक (इमर्जेन्सी) सम्पर्क नम्बरको पुस्तिका पनि प्रकाशन गरिसकेको छ।(रासस)

प्रकाशित: २० माघ २०७५ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App