सरकार बरालियो : थापा

आइतबार, २० माघ २०७५, ०७ : ५९ नागरिक

सोलुखुम्बु – नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकार दुईतिहाइको दम्भमा बरालिएको आरोप लगाएका छन्। सोलुखुम्बुको दूधकोशी गाउँपालिकाको बासामा आयोजित पार्टीको आमसभामा बोल्दै थापाले सरकार ‘लोभ र पापमा लिप्त’ भएकाले जनमुखी निर्णय लिन नसकेको बताए।

नेता थापाले माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्ने जिकिर गरे। उनले भने, ‘यो सरकारसँग कोही खुसी नभएको दाबी गर्दै प्रधानमन्त्री संसद्मा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेबल ढोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको छ।’ सरकार दुईतिहाइको दम्भ बोकेर एकलौटी रूपमा अघि बढेको बताए।

निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नु, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नुले सरकार जनमुखी निर्णयबाट भाग्दै गरेको अनुभूति जोकोहीलाई हुन थालेको सांसद थापाको भनाइ छ। थापाले भने, ‘सरकार एक पछि अर्को भ्रष्टाचारमा डुब्दैछ।

प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भने पनि उनका आसेपासे भ्रष्टाचारमा मुछिनुलाई हामीले गफ नठान्ने ?’ कांग्रेस गरिब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको दाबी गरे। पार्टीले नेता तथा कार्यकर्ता मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न थापाले आग्रह गरे। उनले अर्का निर्वाचनमा जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न सुझाव दिए।








यसमा तपाईको मत

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad