१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षमा पाँच नयाँ सिमेन्ट उद्योग दर्ता

काठमाडौं - चालु आवको पहिलो पाँच महिनामा पाँच सिमेन्ट उद्योग दर्ता भएका छन्। ती मध्ये चार ठुला उद्योग रहेको उद्योग विभागले जनाएको छ।

४० करोड ८० लाख लागतमा झापामा संचालन हुने गरी दर्ता गरीएको 'ए' प्लस सिमेन्टले वार्षिक एक लाख ८० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने छ। उक्त उद्योगमा ६० जनाले रोजगार पाउने छन्।

एक अर्ब ५० करोडको लागतमा स्याङ्जामा संचालन हुने अर्थव सिमेन्टका लगानिकर्ता पिताम्वर गैरे हुन्। उक्त उद्योगले वार्षिक तीन लाख १० हजार मेट्रिक टन ओपिसि र पिपिसि सिमेन्ट उत्पादन गर्ने छ। यसका साथै उद्योगले ८८ हजार मेट्रिक टन सिमेन्टको कच्चा पदार्थ क्लिङकर उत्पादन गर्ने छ।

पाल्पा जिल्लाको माथा गढि गाउँपालिकामा संचालन हुने बिएस सिमेन्ट इण्डस्ट्रिले चुन ढुंगा मात्र उत्पादन गर्ने छ। यो उद्योगले वार्षिक तीन लाख २४ हजार मेट्रिक टन चुन ढुंगा उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगमा मनोज कुमार केडियाको १७ करोड २० लाख लगानि हुनेछ।

कपिलवस्तुको शिवराज नगरपालिकामा राहुल कुमार अग्रवालले सिनर्जी सिमेन्ट उद्योग संचालनमा ल्याउँदै छन्। नौ अर्ब ७८ करोडको लागतमा संचालन हुन थालेको यो उद्योगले वार्षिक १९ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने छ। तीन सय ९९ जनाले रोजगार पाउने यो उद्योग चालु आवमा दर्ता भएको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो।

यसका साथै यहि अवधिमा मारुती सिमेन्टले सिराहाको गोलबजारमा अर्को उद्योग स्थापना गर्दै छ। दुई अर्ब ५७ करोडको लागतमा संचालन हुने उक्त उद्योगमा छ लाख ६० हजार मेट्रिक टन सिमेन्ट र १३ हजार दुई सय क्लिङकर उत्पादन गर्ने छ। चालु आवमा थपिएका उद्योगसहित अहिलेसम्म एक सय १२ सिमेन्ट उद्योग दर्ता भएका छन्।

आर्थिक वर्ष २०६५/०६६ को वजेटमा निजि क्षेत्रका सिमेन्ट उद्योगलाई सरकारले वाटो, पानी र विजुली पुर्याइदिने घोषणा गरेको थियो। त्यसपछि निजि क्षेत्रको लगानि सिमेन्ट उद्योगमा बढ्न थालेको देखिन्छ। त्यो भन्दा अगाडि अर्थात २०६५ को असार मसान्तसम्म ४४ सिमेन्ट उद्योग मात्र दर्ता भएका थिए। संचालनमा आएका सवैजसो उद्योगमा नेपाली निजि क्षेत्रको लगानि रहेको देखिन्छ।

सिराहाको मारुती, नवलपरासिको होङ्सी शिवम्, रुपन्देहीको अर्घाखाची सिमेन्ट, नवलपरासीको तियानी सिमेन्ट संयुक्त लगानिमा संचालन भएका छन्। धादिङको ह्वासीनमा सबै लगानि चिनियाहरुको रहेको छ। नेपालमा सिमेन्ट उद्योगको संख्या वढेपनि गत आवमा ३१ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको देखिन्छ। 

प्रकाशित: १९ माघ २०७५ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App