१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अब टिचिङमा कलेजो प्रत्यारोपण हुने

फाइल तस्बिर

काठमाडौं - अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ।

अंग प्रत्यारोपण सेवाका लागि सरकारको अनुमति लिने प्रक्रिया लम्बिएका कारण सेवा सुरु गर्न समय लागेको कलेजो प्रत्यारोपण टोलीका संयोजक डा. रमेशसिंह भण्डारीले बताए। ‘गत हप्ता मात्र स्वास्थ्य सेवा विभाग अंग प्रत्यारोपण समितिले अनुमतिपत्र दियो,’ उनले शुक्रबार नागरिकसँग भने, ‘अब हाम्रो तयारी पूरा भयो।’ चिकित्सकका अनुसार विभिन्न रोगका कारण कलेजोको धेरै भाग बिग्रेको अवस्थामा कलेजो प्रत्यारोपण गरिन्छ। यसका लागि कुनै स्वस्थ व्यक्तिले आफ्नो कलेजोको भाग दान गर्न मिल्छ। कुनै पनि व्यक्तिको कलेजो आपसमा मिले मात्र प्रत्यारोपण गर्न सकिन्छ। तर बिरामीमा कलेजोको बाहेक अन्य गम्भीर रोग लागेको अवस्थामा भने प्रत्यारोपण गर्न मिल्दैन। टिचिङ अस्पतालका अनुसार प्रतिमहिना औसत चार जना कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी उपचारका लागि आउने गरेका छन्।

कलेजो प्रत्यारोपण टोलीका संयोजक डा. रमेशसिंह डा. भण्डारीका अनुसार अस्पतालमा कलेजो प्रत्यारोपण सेवा दिन २४ जना चिकित्सक तयारी अवस्थामा छन्।

डा. भण्डारीका अनुसार अस्पतालमा कलेजो प्रत्यारोपण सेवाका लागि २४ जनाको टोली तयारी अवस्थामा छ। अस्पतालमा प्रत्यारोपण कक्ष र उपकरणको तयारी पहिल्यै पूरा भइसकेको थियो। असारको पहिलो हप्ता नै सेवा सुरु हुने घोषणा गरिएकाले केही बिरामी कलेजो प्रत्यारोपणका लागि अस्पताल पुगेका थिए। तोकिएको समयमा सेवा सुरु हुन नसकेपछि बिरामी सेवाबाट वञ्चित भएका थिए। ‘अब बिरामी आए सेवाका लागि सक्षम छौं,’ डा. भण्डारीले भने।

प्रत्यारोपण सेवाका लागि डा. सिंहसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली विभिन्न देशमा तालिम लिएर फर्किसकेका छन्। डा. भण्डारीले अस्टे«लियाबाट तालिम लिएका हुन्। अस्ट्रेलियाबाट फर्केलगत्तै उनले नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने प्रक्रिया अघि बढाएका थिए। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले यो सेवाका लागि आवश्यक स्थान तथा उपकरणका लागि बजेट विनियोजन गरेका थिए।

प्रकाशित: १९ माघ २०७५ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App