१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको पुत्ला दहन, नेविसंघका सह महामन्त्रीसहित ८ जना पक्राउ

कपिलवस्तु– नेपाल विद्यार्थी संघले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संघका कार्यकर्ताले प्रशासन चोकमा साँझ सवा ५ बजेतिर ओलीको पुत्ला दहन गरेका हुन। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरुले त्यहाँ विरोध प्रदर्शन समेत गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओली र सरकारबिरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो। 

बिरोध प्रदर्शनकै बीचमा प्रहरीले नेबिसंघका सहमहामन्त्री प्रकाश घिमिरेसहित ८ जनालाई पक्राउ गरेको छ। संघका जिल्ला सभापति राकेश पाण्डेय, परमेश्पर पाठक, सचिव राजु खराल, धिरेन्द्र पाण्डेय, राजेश उपाध्याय, दिनेश पाण्डेय, निलकन्ठ ढुंगेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुत्ला दहनबारे सूचना पाएपछि तौलिहवाको नयाटोल, गाढी, प्रशासन चोकमा ब्यापक प्रहरी परिचालन गरिएको थियो।

ओली सरकारले दुई तिहाईको नाममा जनबिरोधी काम गरेको, डा गोविन्द केसीसँग गरिएको सम्झौता विपरित स्वास्थ्य बिधेयक पारित गरिएको, निर्मला पन्तको हत्यारालाई हालसम्म पक्राउ गर्न नसेकेको र वर्तमान सरकार पूर्णतया असफल भएको संघका सहमहामन्त्री घिमिरेले बताए। यसैबीच संघले पक्राउ गरिएका ८ जनालाई  तत्काल रिहा गर्न माग गरेको छ।

प्रकाशित: १८ माघ २०७५ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App