१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अमेरिकी सहयोग : नेपाल र चीनमा घट्दो, भारतमा बढ्दो

काठमाडौं – अमेरिकाले वार्षिक रुपमा विभिन्न देशलाई दिँदै आएको सहयोग पछिल्ला वर्षमा घट्दै गएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले हालै सार्वजनिक गरेको अमेरिकी सरकारको वार्षिक खर्च विवरणले यस्तो देखाएको हो।

१२ जनवरी २०१८ मा युएसएआइडीले आफ्नो वेवसाइट मार्फत सार्वजनिक तथ्याङ्कमा सन् १९४६ देखि २०१६ सम्मको अन्तर्राष्ट्रिय सहयोग  समेटिएको छ। उक्त तथ्याङ्क अनुसार यो अवधिमा २५ खर्ब १७ अर्ब अमेरिकी डलर सहयोग गरेको देखिन्छ।

तथ्याङ्क अनुुसार सन् १९४६ मा नेपालले कुनै सहयोग पाएको थिएन। त्यो बखत भारतले भने तीन करोड ७० लाख अमेरिकन डलर सहयोग पाएको थियो। नेपालको अर्को छिमेक चीनले पनि उक्त वर्ष सहयोग पाएको थिएन। ताइवानका लागि भने अमेरिकाले दुई शिर्षकमा एक अर्ब ३० करोड अमेरिकी डलर सहयोग दिएको तथ्याकले देखाउछ।

सन् १९४६ मा एसियाका ताइवान, भारत, जापान, थाइल्यान्ड, कोरिया, फिलिपिन्स र दक्षिण कोरियाले सहयोग पाएको देखिन्छ। यो वर्ष अमेरिकाले ३१ अर्ब १५ करोड डलर वैदेशिक सहयोग दिएको थियो। ताइवानले १९४७ देखिनै सैन्य क्षेत्रमा सहयोग पाएपनि चीनले भने अमेरिकाबाट सन् १९८१ बाट सहयोग लिन थालेको देखिन्छ।

शीतयुद्धको समयमा चीन र अमेरिका एउटा धुरीमा रहेपनि त्यो बेला चीनमा अमेरिकी सहयोग उल्लेख्य मात्रामा बढेन। सन् १९८५ देखि सन् १९९१ सम्म अमेरिकाले एक खर्ब ९५ लाखका डलर विभिन्न देशमा सहयोग गरेको छ। शीतयुद्धको अर्को धुरीमा रहेको भारतमा समेत यो बीचमा इन्टरननेसनल मिलिटेरी एजुकेशन एन्ड ट्रेनिगमा अमेरिकाले सहयोग गरेको देखिन्छ। यो शिर्षकमा सन् १९८८ मा २४ करोड ४२ लाख डलर भारतले अमेरिकी सहयोग पाएको देखिन्छ।

सन् २००० पछि अमेरिकाबाट सात अर्ब ३५ अर्ब सहयोग विभिन्न देशले लिएका छन्। यसका ऋण र अनुदान दुवै खालको रकम समावेस छ। नेपालमा पछिल्लाे समयमा अमेरिकाले दिँदै आएको सहयोग घट्दै गएको देखिन्छ। नेपालमा सन् २०१६ मा १९ करोड ४२ लाख डलर सहयोग आएको थियो। जबकी सन् २०१५ मा २६ करोड ६४ लाख डलर आएको थियो।

पछिल्लो १० वर्षमा अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा गरेको सहयोगको विवरण हेर्दा सन् २०१६ मा ४९ अर्ब ४७ करोड आएको थियो। सन् २०१२ मै ५३ अर्ब नौ करोड रुपैया अमेरीकाले सहयोग गरेको देखिन्छ।

सन् २००७ मा ४५ अर्ब ५८ करोड डलरबाट बढेर सन् २०१२ मा ५३ अर्ब नौ करोड पुगेको अमेरिकी सहयोग त्यसपछि खुम्चिदै गएको देखिन्छ। सन् २०१२ पछि का वर्षहरुमा अमेरिकी संकुचन आएको युएसएआइडीको विवरणले देखाउँछ। नेपालमा भने सन् २०१५ मा २६ करोड ६४ लाख डलर आएको अमेरिकी सहयोग सन् २०१६ मा १९ करोड ४२ लाखमा झरेको छ। दोहोरियो ??

चीनमा आउने अमेरिकी सहयोग पनि नेपालकै जस्तो छ। सन् २०१५ मा चार करोड ७८ लाख डलर सहयोग आएको चीनमा सन् २०१६ मा ४ करोड ३२ लाख मात्र आयो। चीनले उर्जा, स्वास्थ्य, विकास लगायतका क्षेत्रमा अमेरिकी सहयोग परीचालन हुने गरेको देखिन्छ। नेपालमा भने विकासका क्षेत्र वाहेक सुरक्षाको क्षेत्रमा समेत अमेरिकी सहयोग आएको देखिन्छ। चीनले सुरक्षाको क्षेत्रमा सहयोग लिने गरेको छैन।

भारतमा आउने सहयोग भने पछिल्ला वर्षमा बढेको छ। सन् २०१५ मा १० करोड ६३ लाख डलर अमेरिकन सहयोग आएको भारतमा सन् २०१६ मा १७ करोड ७९ लाख रुपैयाँ आएको छ। यस अघि सन् २०१४ मा १४ करोड ५२ लाख डलर सहयोग आएको थियो। भारतले पनि नेपाल जस्तै विकास निर्माणका कामका अलावा सुरक्षाको क्षेत्रमा समेत अमेरिकी सहयोग लिदै आएको छ। सैन्य तालिममा नेपाल र भारतमा अमेरिकी सरकारले सहयोग गर्दै आएको छ।

अमेरीकासँग नेपालले २३ जनवरी १९५१ म प्राविधिक सहयोगका निम्ति हस्ताक्षर गरेको थियो। १९५२ को नोभेम्बरमा औलो उन्मूूलनका लागि अमेरिकाले सहयोग दियो। १ पुस २०१७ मा राजा महेन्द्रले सकृय शासन थालेपछि अमेरिकाले नेपाललाई दिने सहयोग बढाउदै लगेको देखिन्छ। विपि कोइरालेको सरकारले अमेरीकासँग एक करोड ५० लाख अमेरिकी डलर सहयोग मागेको थियो। अमेरीकाले भने ७५ लाख डलर मात्र दियो।

तत्कालीन राजा महेन्द्रले पञ्चायतको घोषणा गरेकै वर्ष सन् १९६१ म अमेरीकाले चार लाख ऋण र ४४ लाख अनुदान दिएको थियो। यसको अर्को वर्ष सन् १९६२ मा ४० लाख अनुदान दिएको नेपाललाई दिएको देखिन्छ। यस पछिका हरेक वर्षमा अमेरिकाले नेपाल सरकारलाई खुलेरै सहयोग गरेको छ।

प्रकाशित: १८ माघ २०७५ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App